एनआईसी एशिया बैंकले ल्यायो डबल डिपोजिट योजना



काठमाडौं । एनआईसी एशिया बैंकले ‘डबल डिपोजिट’ नामक नयाँ निक्षेप योजना ल्याएको छ ।

आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले ल्याएको यस निक्षेप योजनामा व्यक्तिगत तथा संस्थागत निक्षेप ग्राहकहरुलाइ सिमित अवधि पश्चात आफूले जम्मा गरेको रकमको दोब्बर भुक्तानि गरिनेछ ।

न्यूनतम  १ लाख रुपैयाँ निक्षेपका साथ भाग लिन सकिने यस योजनामा व्यक्तिगत निक्षेपकर्ताको हकमा ९ बर्ष र संस्थागत निक्षेपकर्ताको हकमा १० वर्षमा आफुले सुरुमा जम्मा गरेको रकमको नियमानुसार संस्थागत निक्षेपको हकमा १५% तथा व्यक्तिगत निक्षेपको हकमा ५% का दरले व्याज आम्दानीको श्रोतमा करकट्टी गरे पश्चात बैंकले दोब्बर भुक्तानि दिने छ ।

यस योजनाले ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने व्याज दर तथा बजारमा व्याजको जोखिमले योजनालाई कुनै असर नपर्ने सुनिश्चितता प्रदान गर्दछ ।

अहिले एनआईसी एशियाको ११९ वटा शाखा ४ वट एक्सटेन्सन काउन्टर रहेका छन् । बैंकले गतवर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर १.०५ प्रतिशत नगद लाभांश दिएको छ ।


क्लिकमान्डु