महंगो भयो दूध, अब प्रतिलिटर ७० रुपैयाँ पर्ने



काठमाडौं । आज भदौ १ गते देखि दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बृद्धि भएको छ । दुग्ध विकास संस्थानको १३०० औ बैठकले दुधको मूल्य बृद्धि गरेको हो । दुग्ध विकास संस्थान र निजी डेरीको मूल्य ७० रुपैयाँ पुगेको छ । यसघि ६४ रुपैयाँ प्रतिलिटर रहेको छ ।

एक प्याकेट अर्थात् आधा लिटरको मुल्य ३५ रुपैयाँ तोकिएको छ । यसघि ३३ रुपैयाँ ५० पैसा रहेको थियो । त्यस्तै होल मिल्कको ४५ रुपैयाँ भएको छ । यसअघि ४३ रुपैयाँ ५० पैसा रहेको थियो । त्यस्तैगरी गाईको दुधको मूल्य पनि ४० रुपैयाँ पुगेको छ । यसअघि ३८ रुपैयाँ ५० पैसा रहेको थियो ।

टि. मिल्कको मूल्य पनि ३२ रुपैयाँ पुगेको छ । यसअघि ३० रुपैयाँ ५० पैसा रहेको छ । यसअघि २०७१ मा प्रतिलिटिर ८ रुपैयाँ बृद्धि भएको थियो । दुधको मूल्य बढेसंगै दूधका परिकारको समेत बृद्धि हुने भएको छ ।


क्लिकमान्डु