पूर्णसरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले गर्यो ३ अर्ब नाफा, रिजर्बमा पनि सुधार



काठमाडौं । पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७३÷७४ मा ३ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको छ ।

अघिल्लो वर्ष वाणिज्य बैंकको नाफा २ अर्ब ३५ करोड थियो । राष्ट्रिय वाणिज्य बैंक सहित चार बैंकले गत आर्थिक वर्षमा नाफा ३ अर्ब कटाएका छन् । नबिल बैंक,नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्बभन्दा बढी नाफा गरेका हुन् ।

८ अर्ब चुक्ता पुँजी रहेको वाणिज्य बैंकसँग १ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप छ । जुन नेपालका वाणिज्य बैंकमा भएको सबैभन्दा बढी निक्षेप हो । बैंकले १ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
एक वर्षको अवधीमा वाणिज्य बैकले ७ अर्बले निक्षेप बढाएको छ भने कर्जा १५ अर्ब रुपैयाँले कर्जा बढाएको छ ।

एक वर्षको अवधीमा वाणिज्य बैंकको रिजर्बपनि बलियो बन्दै गएको छ । अघिल्लो वर्ष १७ करोड रुपैयाँ रिजर्बमा रहेकोमा यो वर्ष ३ अर्ब ११ करोड रुपैयाँ रिजर्बमा पुर्याएको छ ।
बैंकले ब्याज आम्दानीबाट ६ अर्ब ९८ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष ५ अर्ब ५४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

फि कमिसनबाट ५१ करोड र अन्य संचालन आम्दानी ६३ करोड नाफा वाणिज्य बैंकले गरेको छ । यसरी बैंकले संचालन मुनाफा ८ अर्ब १८ करोड गरेको छ ।

बैंकको सबैभन्दा बढी खर्च ३ अर्ब ११ करोड रुपैयाँ कर्मचारीको लागि खर्च गरेको छ । अघिल्लो वर्ष कर्मचारीको लागि २ अर्ब ८८ करोड खर्च भएको थियो । अन्य संचालन खर्च १ अर्ब गरेको छ । बैंकले नोक्सानी व्यवस्थाको लागि १ अर्ब ३८ करोड छुट्याएको छ ।

अघिल्लो वर्ष नउठेको १ अर्ब २१ करोड रुपैयाँ ऋण उठाएको छ । यो वर्ष कर्मचारीको बोनसको लागि ३० करोड छुट्याइएको छ । आयकर वापत वाणिज्य बैंकले ७३ करोड रुपैयाँ तिरेको छ ।


क्लिकमान्डु