यामाहाले ल्यायो ‘एफजी-२५ स्ट्रिट फाइटर’, यस्ता छन् बिशेषता, मूल्य कति ?



काठमाडौं । एमएडब्ल्यू इण्टरप्राइजेजले एफजी सिरिजमा बहुप्रतीक्षित बाइक एफजी–२५ सार्वजनिक गरेको छ ।

अत्याधुनिक फ्युल इञ्जेक्सन प्रविधि रहेको एफजी-२५ मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिण्डर भएको २ सय ४९ सीसीको शक्तिशाली इञ्जिन रहेको छ ।

१ सय ४८ केजीको एफजी-२५ मा ‘एफजी वर्ल्ड’ को ‘पावरफुल, मिड-क्लास, स्ट्रिट फाइटर’ विशेषता रहेको छ ।

‘स्ट्रिट फाइटर’ ले प्रतिलिटर ४३ किमी माइलेज दिने बुधवार आयोजित सार्वजनिक कार्यक्रममा कम्पनीले जनाकारी दिएको छ । एफजी-२५ को बजार मूल्य ३ लाख ४४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

२८२ एमएम फ्रन्ट र २५७ एमएम रियर डिस्क ब्रेक भएको यो मोटरसाइकलमा ‘फुल एइडी हेडल्याम्प’ राखिएको छ, जुन २५० सिसि सेग्मेन्टमा पहिलो भएको कम्पनीको दावी छ ।

वातावरणमैत्री बीएस ४ इमिसन स्ट्याण्डर्डमा निर्माण गरिएको यो बाइकमा जडित प्योटेण्टेड ब्लुकोर इञ्जिनले इन्धन खपतलाई न्यून गर्ने बताइएको छ ।

८००० आरपीएममा २०.९ पीएसको अधिकतम पावर र ६००० आरपीएममा २० एनएम बराबरको अधिकतम टर्क उत्पन्न गर्ने एफजी-२५ मा एएचओ (अल टाइम हेडलाइट अन) प्रविधिको लिड हेडलाइट छ ।

यसमा आकर्षक एलसीडी इन्ष्ट्र्युमेण्ट क्लष्टर, मडगार्ड र एमटी सिरिजका बाइकमा जस्तै स्पोक डिजाइन भएका व्हिल र रेसिङ स्टाइलको फुटप्याड राखिएको छ ।

यामाहाले सन् २००८ मा ल्याएको एफजी सिरिज बजारमा निकै रुचाइएको छ । एमएडब्ल्यू इण्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालका अनुसार फ्युल इञ्जेक्सन प्रविधि जडान गरेपछि एफजी सिरिजका बाइकको पर्फमेन्स र माइलेज बढेको छ र यसले आफूलाई सेग्मेण्टकै बलियो ब्राण्डका रुपमा स्थापना गरिसकेको छ ।

त्यसैगरी, एमएडब्ल्यू इण्टरप्राइजेजका सहमहाप्रबन्धक दीपक रौनियारले नयाँ बाइक ‘पावर, कण्ट्रोल र ब्यालेन्स’को सम्मिश्रण रहेको बताए । ६ महिना अगाडीनै भारतमा सार्वजनिक गरिएको भएता पनि नेपाल र नेपालीको लागि उपयुक्त हुने हो कि हैन भन्ने अध्ययन पछि नेपालमा सार्वजनिक गररेको कम्पनीको दावी छ ।

यसैबीच, एमएडब्ल्यू इण्टरप्राइजेजले एफजी २५ को टेष्ट राइड गर्ने ग्राहकका लागि आकर्षक उपहार योजनासमेत ल्याएको छ ।
सीमित अवधिका लागि सञ्चालन हुने यो योजना अनुसार यामाहाको नयाँ बाइकको टेष्ट राइड गर्नेले एप्पलको म्याकबूक जित्ने मौका पाउनेछन् ।

यस्ता छन् विशेषता

यामाहा भारतले सुरुमा यसको नाम ‘एफजी २५०’ राखेको थियो। पछि नामबाट ० हटाएर ‘एफजी २५ स्ट्रिटफाइटर’ राखेको हो । नेपालमा २५ देखि ३५ वर्ष उमेर समूहका लागि उपयुक्त हुने यो बाईकले छिट्टै लोकप्रिय हुने दावी कम्पनीको छ ।

५-स्पिड गियर बक्स भएको यो मोटरसाइकल सिटी राइडमा आवश्यक पर्ने लो–एन्ड एक्सिलेरेसनका लागि उत्तम छ ।

यसमा टेलिस्कोपिक फ्रन्ट फोर्क र पछाडि मोनोसक सस्पेन्सन छ । २८२ एमएम फ्रन्ट र २५७ एमएम रियर डिस्क ब्रेक भएको यो मोटरसाइकलमा ‘फुल एइडी हेडल्याम्प’ राखिएको छ, जुन २५० सिसि सेग्मेन्टमा पहिलो भएको कम्पनीको दावी छ ।

एलइडी टेललाइट र अटोमेटिक हेडल्याम्प अन भएको यसमा यामाहाको प्याटेन्डेड ब्लुकोर प्रविधि छ । कम्पनीका अनुसार यसले ४३ किलोमिटर प्रतिलिटर माइलेज दिनेछ ।

यामाहा एफजी २५ तीन रङ ब्यालिस्टिक ब्लु, वारियर ह्वाइट र नाइट ब्ल्याक (निलो, सेतो र कालो) मा उपलब्ध रहेको छ ।

एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर भएको यसको नेकेड स्पोर्टस् मोटरसाइकलमा छुट्टिएको (स्प्लिट) सिट छ । यामाहाकै एमटी मोडलबाट प्रभावित यसको चक्का अगाडि १००/८० र पछाडि १४०/७० सेक्सनको छ ।

१६० एमएम ग्राउन्ड क्लियरेन्स भएको यसको इन्धन ट्यांकी क्षमता १४ लिटर छ । भारतमा झैं नेपालमा २०० देखि २५० सिसि सेगमेन्टका मोटरसाइकलको माग बढ्दै गएकाले तुलनात्मकरुपमा कम मूल्यमा यामाहा एफजी २५ नेपाल भित्र्याइएकोे रौनियार बताउँछन् ।


क्लिकमान्डु