नेशनल लाइफ र एलआईसीबीच यस्तो प्रतिस्पर्धा को अगाडि




जीवन बीमा कम्पनीमा पहिलो स्थान नेपाल लाइफको छ । नेपाल लाइफपछि प्रतिस्पर्धा नेशनल लाइफ र एलआईसी नेपालबीच हुने गर्छ ।

बुधवार दुवै कम्पनीले वित्तीय विवरण प्रकाशित गरेका छन् । वित्तीय विवरण अनुसार नाफामा नेशनल लाइफ एलआईसीभन्दा अगाडि छ ।

बीमा समितिले तोके अनुसारको चुक्ता पुँजी दुवै कम्पनीको पुगेको छैन । १ अर्ब ३२ करोड चुक्ता पुँजी भएको नेशनल लाइफले २३ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यस्तै, १ अर्ब ३३ एलआईसीले ११ करोड ६७ लाख नाफा गरेको छ ।

अघिल्लो वर्ष नेशनल लाइफको नाफा १६ करोड ९५ लाख थियो । एलआईसीले वित्तीय विवरणमा ३२ करोड नाफा गरेको उल्लेख गरेको छ । एलआईसीले बीमांकीय मुल्याकलनको अघिल्लो वर्षको विवरण राखेको हुँदा नाफा घटेको देखिएको हो । अघिल्लो वर्ष यस्तो मुल्यांकन अगाडि एलआईसीको नाफा ४ करोड ९३ लाख रहेको थियो ।

वित्तीय विवरण अनुसार नेशनल लाइफले अहिलेसम्म ४९ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो शुल्क ३७ अर्ब रुपैयाँ थियो । यस्तै एलआईसीको बीमा शुल्क ८७ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्ष एलआईसीको बीमा शुल्क आर्जन ७० अर्ब रहेको थियो ।

नेशनल लाइफको १७ अर्ब छ भने एलआईसीमा ३३ अर्ब रुपैयाँ रहेको छ ।

प्रति सेयर आम्दानी एलआईसीको ८ रुपैयाँ ७५ पैसा र नेशनल लाइफको १७ रुपैयाँ ७८ पैसा रहेको छ ।

यस्तै बुधवारै वित्तीय विवरण प्रकाशित गरेको सुर्या लाइफ इन्स्योरेन्सले ९ करोड ६९ लाख खुद मुनाफा गरेको छ । अघिल्लो वर्ष सुर्या लाइफले ९ करोड रुपैयाँ नाफा गरेको थियो । ६५ करोड चुक्ता पुँजी भएको सुर्याले १ अर्ब ३३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष बीमा शुल्क आर्जन १ अर्ब थियो ।

यस्तै सेयर बजारमा सूचिकृत नभएको मेटलाइफ एलिकोले २२ करोड रुपैयाँ नाफा गरेको छ । एलिकोले ३ रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।


क्लिकमान्डु