नेप्सेको सिइओ बन्न १३ जनाको आवेदन (सूचिसहित)



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत बन्न १३ जनाको आवेदन परेको छ ।

नेप्सेको महाप्रवन्धकबाट हालै अवकास पाएका सिताराम थपिलिया सहित १३ जनाले अर्थमन्त्रालयले गठन गरेको नेप्सेको सिइओ छनोट समितिमा आवेदन दिएका हुन् ।

थपलियाले एक कार्यकाल काम गरेको र पुनः नदोहरिने बताएका थिए । नेप्सेमा आफुले गर्नुपर्ने काम बाँकी रहेकोले आवेदन दिएको थपलियाले क्लिकमाण्डूलाई बताए ।

यस्तै आवेदन दिनेमा ज्योति विकास बैंकका डेपुटी सिइओ मनोज ज्ञवाली पनि छन् । नेप्सेमा सिइओ खाली भएपछि उनको नाम चर्चामा थियो । चार्टर्ड एकाउन्टेन्स रहेका ज्ञवाली राष्ट्र बैंकमा ७ वर्ष काम गरेका छन् ।

आवेदन दिनेमा चन्द्रसिंह सावत, प्रमोदराज शर्मा, भोला पाण्डे, प्रविण पन्डक, सरोज टण्डन, तारानाथ भट्टराई, सुशीलकुमार अर्याल, श्रीप्रसाद पौडेल,नरेन्द्रकुमार अग्रवाल, हेमन्त बस्याल र निरन्जल फूयाल रहेको अर्थमन्त्रालय स्रोतले जानकारी दियो ।

अर्थमन्त्रालयले गठन गरेको समितिले नेप्सेको सिइओको लागि कार्ययोजना सहित आवेदन माग गरेको थियो । समितिले ३ जनाको नाम छनोट गर्ने छ । ३ जनाबाट मन्त्रीपरिषद्ले सिइओ नियुक्ति गर्नेछ ।


क्लिकमान्डु