सबै स्थानीय तहमा बैंक पुर्याउन राष्ट्र बैंक एग्रेसिभ, शाखा खोल्नेलाई प्रोत्साहन, नखोल्नेलाई कारबाही




काठमाडौं । सबै स्थानीय तहमा बैंक पुर्याउन नेपाल राष्ट्र बैंक कडा रुपमा प्रस्तुत भएको छ । बैंकले मंगलबार एकिकृत निर्देशन जारी गर्दै बैंक नभएका स्थानीय तहमा शाखा खोल्ने बैंकले प्रोत्साहन गर्ने र त्यस्ता स्थानमा शाखा नखोल्ने बैंकहरुलाई कारबाही गर्ने जानकारी दिएको छ ।

‘संघीय संरचना अनुसार तय भएका ७४४ स्थानीय तहमध्ये २०७४ असार मसान्तसम्म बाणिज्य बैंकको शाखा नरहेका स्थानीय तहमा बाणिज्य बैंकले अनिवार्य रुपमले शाखा खोल्नु पर्नेछ, विकास बैंकहरुले बाणिज्य बैंक र विकास बैंक दुबै नरहेका स्थानीय तहमा शाखा खोल्न सक्नेछन्,’ राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशनमा उल्लेख गरिएको छ ।

यो ब्यवस्था अनुसार शाखा खोल्नको लागि राष्ट्र बैंकको स्वीकृति भने नचाहिने भएको छ । बैंक संचालक समिति आफैले शाखा खोल्ने निर्णय गरेर शाखा खाली सकेको ३ दिनभित्रमा राष्ट्र बैंकलाई जानकारी दिदा हुने ब्यवस्था गरिएको छ ।

यसरी तोकिएको स्थानीय तहमा शाखा खोल्ने बाणिज्य बैंक वा विकास बैंकको शाखा कार्यालयलाई सरकारी कारोबार संचालन गर्न दिने ब्यवस्था राष्ट्र बैंकले मिलाइ दिनेछ ।

यो ब्यवस्था अनुसार शाखा खोलेका बाणिज्य बैंक वा विकास बैंकले ५ वटा शाखा कार्यालय दुर्गमका स्थानीय तहमा खोलेपछि काठमाडौं उपत्यकाको उनीहरुले चाहेको ठाउमा शाखा खोल्न पाउने ब्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यो ब्यवस्था बमोजिम शाखा नखोल्ने बाणिज्य बैंक वा विकास बैंकलाई राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाही हुने राष्ट्र बैंकको भनाइ छ ।


क्लिकमान्डु