गाडी किन्ने हो ? मुल्यको ६५ प्रतिशत ऋण पाइन्छ



काठमाडौं । नयाँ गाडी किन्ने सोच बनाउनु भएको छ । अब तपाईलाई ऋण लिएर गाडी खरिद गर्न सहज हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरे अनुसार गाडी खरिदको लागि सहज बनाउने निर्देशिका जारी गरेको छ ।

मौद्रिक नीतिमा उल्लेख गरेको विषय कार्यान्वयन गर्नको लागि निर्देशिका जारी गर्नुपर्छ ।

राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा निजी सवारी साधन खरिद गर्न बैंक तथा वित्तीय संस्थाले कुल मुल्यको ६५ प्रतिशतसम्म ऋण दिन सक्ने छन् । अर्थात तपाईले २० लाखसम्म मुल्य पर्ने गाडी खरिद गर्दै हुनुहुन्छ भने १३ लाख रुपैयाँ बैंकबाट ऋण पाउनु हुने छ । बाँकी ७ लाख भने तपाईले नगद दिनुपर्ने छ ।

राष्ट्र बैंकले गतवर्ष मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत गाडी खरिदको लागि दिइने कर्जाको सिमा ५० प्रतिशतमा झारेको थियो । त्यसपछि नेपालमा अटोमोबाइल्स व्यवसायमा असर देखिएको थियो ।

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत गाडी खरिदको व्यवस्था परिवर्तन गरेको थियो ।

विद्युतिय सवारी साधान खरिदमा भने बैंक तथा वित्तीय संस्थाले ८० प्रतिशत ऋण दिन पाउँछन् ।

 


क्लिकमान्डु