राष्ट्र बैंकले अब लघुवित्तको लाइसेन्स नदिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले अब लघुवित्तको लाइसेन्स नदिने भएको छ ।

राष्ट्र बैंकले मनाङ,हुम्ला,जुम्ला,डोल्पा,कालिकोट,मुगु,जाजरकोट,बजाङ,दार्चुला र बाजुरा जिल्लामा केन्द्रीय कार्यालय रहनेगरी लघुवित्तको लाइसेन्स दिदै आएको थियो । अन्य जिल्लाको हकमा गतवर्षदेखि लाइसेन्स दिन रोकिएको थियो ।

राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै अहिले लाइसेन्स दिदै आएका १० जिल्लामा पनि लाइसेन्स दिन रोकिएको जनाएको छ ।

राष्ट्र बैंकले तत्कालको लागि कुनैपनि प्रकारका बैंक तथा वित्तीय संस्थाको लाइसेन्स लिने नीतिलाई रोकेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंक,विकास बैंक र फाइनान्स कम्पनीको लाइसेन्स पछिल्ला वर्षमा दिएको छैन । लघुवित्तको पनि लाइसेन्स रोकिएको हो ।

 


क्लिकमान्डु