नेपाल इन्स्योरेन्सको नाफा दोब्बर बृद्धि



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष २०७३।७४मा ११ करोड २० लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो आर्थिक बर्षमा कम्पनीको नाफा ५ करोड ५८ लाख रुपैयाँ थियो।

कम्पनीले आज प्रकाशन गरेको अपरिष्कृत वित्तीय बिबरण अनुसार कम्पनीले गत आर्थिक बर्षमा ७४ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। जुन अघिल्लो आर्थिक बर्षमा ७२ करोड २७ लाख रुपैयाँ थियो।

कम्पनीले शो अबधिमा १ हजार ७ सय ४२ वटा दाबी भुक्तानी गरेको छ । उसले उक्त संख्यामा दाबी भुक्तानी गर्दा ६४ करोड रुपैयाँ भन्दा बढी भुक्तानी गरेको हो ।


क्लिकमान्डु