शिखर इन्स्योरेन्सको ३९ प्रतिशतले व्यवसाय बढ्दा ३७ करोड नाफा




काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ३७ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आर्थिक बर्ष २०७२/७३ मा ३० करोड ६६ लाख खुदनाफा कमाएको थियो ।

कम्पनीले सार्वजनिक गरेको आर्थिक बर्ष २०७३/७४को अपरिष्कृत वित्तीय विबरण अनुसार उक्त नाफा देखिएको हो ।

कम्पनीले यस अबधीमा २ अर्ब ७६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने, ७ हजार १ सय १९ वटा दाबी भुक्तानी गरेको छ । शो दाबी बापत १ अर्ब २३ करोड भन्दा बढी दाबी भुक्तानी गरेको जनाएको छ ।

समग्रमा ३९ प्रतिशतले व्यवसाय बिस्तार गरेको कम्पनीको चुक्तापुँजी ८१ करोड ७६ लाख रहेको छ ।


क्लिकमान्डु