च्छोरोल्पा ज्वेलर्सको शाखा चावहिलमा



काठमाडौं । च्छोरोल्पा गोल्ड एण्ड सिल्भर ज्वेलर्सको शाखा काठमाडौैंको चावहिलमा खुलेको छ ।

दोलखा चरिकोटमा रहेको च्छारोल्पा ज्वेलर्सले ५ करोड लगानीमा आफ्नो पहिलो शाखा चावहिलमा स्थापना गरेको हो ।

दोलखाका सांसदहरु पशुपति चौलागाईं, पार्वत गुरुङ र नेपाल सुनचाँदी कला व्यवससायी संघका अध्यक्ष द्ववारिका शंकरले सोमवार संयुक्तरुपमा उक्त ज्वेलर्सको उद्घाटन गरे ।

उक्त अवसरमा सांसद चौलागाईंले चारिकोटमा प्राप्त गरेको विश्वासलाई कामय राख्दै स्तरीय र शुद्ध गरगहना विक्री गर्न च्छोरोल्पा ज्वेलर्सलाई सुझाव दिए ।

चावहिलचोकबाट गणेशस्थान जाने बाटेमा रहेको ज्वेलर्समा सुनचाँदीका गुणस्तरीय गरगहना उपलब्ध रहेको सञ्चालक घनस्याम रिजालले बताए ।

‘यहाँ आधुनिक, परम्परागत र चलनचल्तीका गरगहना पाईन्छन्’ उनले भने, ‘शाखा विस्तारको अवसरमा निश्चित समयका लागि ज्यालामा विशेष छुटको व्यवसथा समेत गरिएको छ ।’

सञ्चालक रिजाल संघको उपाध्यक्ष समेत हुन् । हाल च्छोरोल्पामा कालिगढ र विक्रेता समेतले गरेर १५ जना भन्दा बढीले रोजगारी पाइरहेको उनले जानकारी दिए ।


क्लिकमान्डु