बाढी-पहिरो पिडीतलाई सहयोग गर्न चाहनुहुन्छ ? यहाँ सम्पर्क गर्नुहोस्



काठमाडौं । बाढी–पहिरो प्रभावित क्षेत्रहरुमा थप राहत प्रदान गर्न मन्त्रालयले सहसचिव केदार न्यौपानेलाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको छ ।

राहत सामाग्री (त्रिपाल, भाँडाकुडाँ, खाद्दान्न दाल, चामल, नुन, तेल, ड्राइफुड) लगायत नयाँ लत्ताकपडा उपलव्ध गराउन इच्छुक निजी कम्पनी, सामुदायिक संघ संस्था तथा व्यक्तिहरुले राहत संकलन संयोजन समितिका संयोजकसँग समन्वय गरी खाद्द संस्थानको गोदाम घर वा विश्व खाद्द कार्यक्रम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदामघरमामा हस्तान्तरण गर्नुपर्ने छ ।

तोकिएको ठाउँमा हस्तान्तरण गर्न नसके मन्त्रालयबाट खटिएका कर्मचारीहरुलाई पनि दिन सकिने मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आईतबार पश्चिम र पुर्वका केही बाढी प्रभावित क्षेत्रका जनतालाई भेटे पछि व्यवस्थापन कार्य तीव्र पार्न सो समिति गठन गरिएको हो ।


पुष्प दुलाल