नेपाल भ्रमण वर्ष २०२० मनाउने सरकारको घोषणा, १५ लाख पर्यटक भित्र्याउने लक्ष्य



काठमाडौं । सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने भएको छ । उक्त प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् आइतबार मन्त्रीपरिषद् पठाइएको हो ।

विगतको सरकारले बिनातयारी सन् २०१८ लाई भ्रमणवर्ष मनाउने भनेता पनि तयारी नपुग्ने भएपछि सरकारले सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष मनाउने भएको छ ।

सन् २०१८ देखि अभियान सुरु गर्ने र सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तय भएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्ययले जानकारी दिए । सन् २०२० मा हाल १२ दिनको पर्यटको बसाई अवधीलाई लम्बाएर १५ दिने पु¥याउने र प्रति पर्यटक खर्च दैनिक ६५ डलर पु¥याउने लक्ष्य लिएको छ ।

त्यस्तैगरी सन् २०२० मा नेपालको कूल ग्रार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ५ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । हाल उक्त योगदान २ प्रतिशत मात्रै रहेको छ । त्यस्तैगरी विदेशी मुद्रा आर्जनमा पर्यटन क्षेत्रको योगदान ८ प्रतिशत पु¥याउने लक्ष्य लिएको प्रवक्त उपाध्ययले जानकारी दिए ।

केही दिनपछि मन्त्रीपरिषद्ले नेपाल भ्रमण वर्ष अयोजक समिति गठन गर्ने समेत प्रवक्ता उपाध्ययले जानकारी दिए । नेपाल भ्रमण को नारा भने ‘हामी नेपालीको भावना, पर्यटक हाम्रा पाहुना’ तय गरिएको छ ।

सरकारले कार्यान्वयनमा ल्याएको १० वर्षे पर्यटन रणनीति अन्तर्गतनै भ्रमण वर्ष मनाउन लागिएको प्रवक्ता उपाध्ययले जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० को सचिवालय नेपाल पर्यटन बोर्डलाई तोकिएको छ ।


पुष्प दुलाल