ब्लूचिप चिलिमेले यस्तो आयो वित्तीय विवरण



काठमाडौं । कुनैबेला सेयर बजारमा ब्लूचिप मानिने चिलिले हाइड्रो पावर कम्पनीले आर्थिक वर्ष २०७३/ ७४ मा ९६ करोड ६३ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्ष २०७२/ ७३ मा ९३ करोड ५५ लाख ३० हजार खुदा नाफा गरेको कम्पनीले यसवर्ष ३ करोड रुपैयाँ भन्दा बढीले नाफा कमाउन सफल भएको हो ।

कम्पनीले आव ०७३/ ७४ मा ११ अर्व ९६ करोड ८ लाख ९१ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । कम्पनीले आघिल्लो आव ०७२÷७३ मा ११ अर्व ६३ करोड १३ लाख ८० हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो । कम्पनीको प्रति शेयर आम्दानी भने घटेको छ ।

अघिल्लो आव ०७२/ ७३ मा २९.८५ रुपैयाँ प्रति शेयर आम्दानी रहेकोमा गत आव ०७३/ ७४ मा २८.०३ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको छ ।

अघिल्लो आव मा भन्दा गत आवको असार मसान्त सम्म खोलामा पानीको बहावमा सुधार आउनु तथा विद्युत प्राधिकरणले अधिक विद्युत खरिद गर्नुले नाफा बढेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु