पुनर्बीमा कम्पनी र आइएमई लाइफबीच पुनर्बीमा सम्झौता




काठमाडौं । नेपाल पुनर्वीमा कम्पनी र आइएमई लाईफ इन्स्योरेन्सबीच जीवन बीमाको पुर्नविमा सम्वन्धित समझदारी भएको छ । पुनर्बीमा कम्पनीका तर्फवाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको तर्फवाट महा प्रवन्धक राकेश पोखरेलले समझदारीमा हस्ताक्षर गरेका हुन् ।

हालै नेपाल सरकारले स्वीकृति प्रदान गरेको १० जीवन वीमा कम्पनी मध्ये पुनर्बीमा कम्पनीसँग जीवन बीमाको पुनर्बीमा गर्ने कम्पनीमा आइएमई लाइफ नै पहिलो कम्पनी रहेको वताइएको छ ।

साथै अन्य बीमा कम्पनी पनि पुनर्बीमाको लागी तयारी अवस्थामा रहेको पनि नेपाल पुनर्बीमा कम्पनीले जनाएको छ । जोखिम समूहको पुनर्बीमा व्यवस्थापन गर्न मिति २०६० असोज ३० मा नेपाल सरकार र सबै निर्जीवन बीमा कम्पनीहरुको साझा संस्थाको स्वरुपमा आकस्मीक बीमा कोषको स्थापना भई संचालनमा रही आएकोमा नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१ साउन २२ को निणर्य अनुरुप पुनर्बीमा व्यवसाय गर्ने बीमकको रुपमा संचालन हुदै आएको छ ।

स्थानीय आवश्यकता तथा राष्ट्रिय जीवन बीमा कम्पनीहरुलाई प्रतिस्पर्धी एवं गुणस्तरीय पुनर्बीमा सेवा प्रदान गर्ने सन्र्दभमा हालै बीमा समितिबाट जीवन बीमा व्यवसाय गर्न अनुमती प्राप्त जीवन बीमकहरु सबैलाई पुनर्बीमा कम्पनीले आफ्नो सेवा प्रदान गर्नका लागि पत्राचार गरिसकेको र आवश्यक छलफल भइरहेको सन्दर्भमा आइएमइ लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षबाट लागू हुने गरी जीवन बीमाको पुनर्बीमा सम्झौता गरेको हो ।

यसरी गरिने सहकार्यबाट दुवै संस्थाको हित अभिवृद्धि हुनुका साथै आपसी सम्बन्ध समेत थप सुमधुर तथा व्यवसयिक बन्ने विश्वास निर्माण हुने कम्पनीद्घारा जारी विज्ञप्तिमा भनिएको छ ।


क्लिकमान्डु