बिद्युत् प्राधिकरणको सिस्टममा क्षति, कहाँ के भत्किए (पूर्ण विवरण)



काठमाडौं । विगत २/३ दिन देखिको पुर्व तथा मध्य नेपालमा भैरहेको अविरल बर्षाको कारण नेपाल बिद्युत् प्राधिकरणको प्रशारण लाइन, सब स्टेशन तथा वितरण प्रणाली लगायतहरुका संरचनाहरुमा ठुलो क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

विगत २।३ दिन देखिको पुर्व तथा मध्य नेपालमा भैरहेको अविरल बर्षाको कारण नेपाल बिद्युत् प्राधिकरणको प्रशारण लाइन, सब स्टेशन तथा वितरण प्रणाली लगायतहरुका संरचनाहरुमा ठुलो क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

विद्युत् वितरणमा समस्या आएको हुँदा हाल विराटनगर लगायत पुर्वान्चलकासम्पूर्ण जिल्लाहरुमा बिद्युत् आपूर्ति हुन सकेको छैन । मध्यमाञ्चलका धेरै जसो जिल्लामा बिद्युत् आपूर्ति अवरुद्ध रहेको प्राधिकरणले जनाएको छ ।

नेपाल बिद्युत् प्राधिकरणको सम्पूर्ण टिम यस समस्यालाई समाधान गरी छिटो भन्दा छिटो विधुत आपुर्ति सुचारु गर्नतदारुकताका साथ लागेको प्राधिरणद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्राधिकरणको विभिन्न क्षेत्रमा रहेका बिद्युत् गृह, प्रशारण लाइन, सव-स्टेशन र वितरण प्रणालीमा पुगेको क्षतिको विवरण यस प्रकार रहेको छ ।

क्षति पुगेका प्र्रशारणा लाइन तथा सवस्टेशन

१. दमक-गोधक खण्डको १३२ केभीकोलाइन अन्तरगत चुलाचुलीमा रहेको टावर न.१७ बाढीको कारण ढलेको

२. हेटौडा सब स्टेशन अन्तर्गतको हेटौंडा सिमेन्ट नजिक ६६ केभी टावर पल्टिन लागेकोले सो ६६ केभी औघोगिक फिडर सर्किट न.१,२ बन्द गरिएकको

३. दुहवी सब-स्टेशन, दमकसब-स्टेशन, अनारमनी सव-स्टेशन जलमग्न भएको हुँदा २७ गते बिहान ७:३० बाटपूर्ण रुपमा बन्द भएको

४. चपुर- पथलैया१३२ केभी सर्किट न।२, २७ गते राति ९:३८ बजे देखि चालु हुन नसकेको्र

५. ढल्केबर-चपुर १३२ केभी सर्किट न.१, २७ गते दिउसो ४:१८ बजे देखि चालु हुन नसकेको्र

६. बालाजु-त्रिशुली ६६ केभी सर्किट न.१ र २, २७ गते राति ९ः५८ बजे देखि चालु हुन नसकेको

७. नयाँ संरचनामा रक्सौल-परवानीपुर १३२ केभीको भलुहीमा टावरन१७।० र १६।०मा बाढीले बेस खनेको

१३२केभी र ३३ केभी सव स्टेशन फिडर ट्रिपिंग अवस्था

१. लहान सव स्टेशन अन्तरगत रुपनीरलोकल फिडर बाहेक सम्पूर्ण ३३ केभी तथा ११ केभी बन्द रहेको जस अन्तरगत ३६ मेगावाटलोड मध्ये २ मेगावाट मात्रै खपत भैरहेको

२. ढल्केबरसव स्टेशन अन्तर्गतको जनकपुर फिडर बाहेक सम्पूर्णफिडर बन्द रहेको जसबाट ३५ मेगावाट लोड मध्ये १ मेगावाट मात्रै खपत भैरहेको

३. चपुर सव स्टेशन अन्तर्गत हरसाहा ३३ केभी तथालोकल फिडरहरुचार्ज भएको साथै गौर, हरिपुर तथा निजगड ३३ केभी लाइनमा फल्ट रहेको हुँदा ३२ मेगावाट लोड हुने सव स्टेशनमा जम्मा १.५ मेगावाट खपत भएको हरिपुर ३३र११ केभी सरस मा १ फिट पानी रहेको  गौर नजिक ३३ केभी फिडरको २ थान पोल बाढीले बगाएको

४. परवानीपुर सब स्टेशन अन्तर्गतगण्डक र हिमाल फिडरहरुमा समस्या आएको

५. बिरगंज सब स्टेशन अन्तर्गत ४ ओटा फिडर नलागेको अवस्थामा २० मेगावाट मध्ये ७ मेगावाट मात्रै खपतभैरहेको

६. सिमरा सव स्टेशनमा जमिन देखि १ मिटर माथि पानि आएको हुँदा २८ गते राति १२ बजेबाट बन्द रहेको

७. हेटौडासब स्टेशन अन्तर्गतको लोकल फिडर बाहेक अन्य कुनै पनि फिडर चालु नरहेको जसको कारणले १२ मेगावाटमा २ मेगावाट मात्रै खपत भईरहेको

८. भरतपुर सव स्टेशन र पर्सा सब स्टेशन पूर्ण रुपमा जल मग्न रहेको, भरतपुर सस अन्तर्गत गैडाकोटफिडर बाट ४० मेगावाटमा २ मेगावाट मात्रै चालु रहेको

९. शिवपुर सव स्टेशन अन्तर्गत ११ केभी शिवपुर फिडर र बहादुरगंज फिडर बन्द अवस्थामा रहेको

१०. कोहलपुर सव स्टेशन अन्तर्गत राजा फिडर बाहेक सम्पूर्ण बन्द अवस्थामा, ४० मेगावटमा २ मेगावाट मात्रै प्रयोग भईरहेको्रजलविधुत गृहको अवस्था र ट्रिपिंग विवरणधेरै सवस्टेशनतथा फिडर बन्द अवस्थामा रहेको

जलविधुत गृहको क्षमता भन्दा धेरै कम उत्पादन भै रहेको

१. कालीगण्डकी ए १४४ मेगावाट मात्र १०० मेगावाट

२. मध्य मर्स्याङ्दी ७० मेगावाट मात्र २५ मेगावाट

३. मर्स्याङ्दी ६९ मेगावाट बाट मात्र ३२ मेगावाट उत्पादन

४. बालाजु त्रिशुली ६६ केभी सर्किट ट्रिपिंग भएकाले चिलिमे र त्रिशुली ७/७ मेगावट र देबिघाट ५ मेगावाट मात्र उत्पादन गरिरहेको

५. गण्डक पावरहाउस बाढीको कारणले विहान ५:२२ देखि बन्द अवस्थामा रहेको

विधुत आयातको अवस्था

१. ढल्केबर-मुजफरपुरबाट लिनुपर्ने १०० मेगावाट पावर मध्य लोड नभएको कारणले ७ मेगावाट देखि ३३ मेगावाट मात्र लिन सकेको अवस्था रहेको

२. विहारबाट हुने सम्पूर्ण आयात बन्द गरिएको छ्र३. टनकपुरबाट हुनेआयात पनि बन्द गरिएको

काठमाडौं उपत्यका भित्रकोलोड ट्रिपिंग समस्या 

१. स्युचाटार सव स्टेशन बाट स्वयम्भु ११ केभी फिडर अर्थ फल्टको कारणले बिहान ४ देखि ७ सम्म बन्द रहेको

२. बानेश्वर सव स्टेशन अन्तर्गतको लुभु ११ के.भी. फिडर लाकुरी भन्ज्याङ्ग नजिक तार खसेको कारणले फिडर अर्थ फल्टको कारणले ४ देखि ७ सम्म बन्द रहेको

३. पाटन सव स्टेशन अन्तर्गतको चापागाउँ ११ के.भी. टिका भैरवनजिक भुइमा तार खसेको कारणले फिडरअर्थ फल्टको कारणले ३ः१० देखि ८ः१५ सम्म बन्द रहको

४. पुरानो चावहिल सव स्टेशन अन्तर्गत ११ केभी जोरपाटी फिडर अर्थ फल्टको कारणले ट्रीप भएको


क्लिकमान्डु