पूर्वाञ्चलका सबै र मध्यमाञ्चलका अधिकांश जिल्ला अन्धकार



काठमाडौं । विगत ३ दिनयतादेखिको अविरण वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँहरु विद्युतबिहिन बनेका छन् ।

बाढीपहिरोका कारण नेपाल विद्युत प्राधिकरणका प्रशारणलाइन, फिडर तथा सबस्टेशनहरुमा क्षति पुगेपछि विद्युत आपूर्ति अवरोध भएको हो ।

नेपाल विद्युत प्राधिकरणले दिएको जानकारी अनुसास बिराटनगरल गायत पुर्वाञ्चलका सम्पूर्ण जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ । यस्तै, मध्यमाञ्चलका धेरैजसो जिल्लाहरुमा पनि विद्युत आपूर्ति हुन सकेको छैन ।


पुष्प दुलाल