नेको र प्रभु इस्योरेन्सको नाफा कति ?




काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७३/०७४मा आफ्नो नाफामा उल्लेखनिय बृद्धि गर्दै २१ करोड रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीले अघिल्लो आबमा १२ करोड खुदनाफा गरेको थियो ।

कम्पनीले आर्थिक बर्ष २०७३/०७४ मा बीमा शुल्क १ अर्ब ३६ करोड रुपैयाँ आर्जन गरेको छ । भने २५ सय २५ दावी बापत ४० करोड ९१ लाख रुपैयाँ भुक्तानी गरेको उल्लेख गरेको छ ।

कम्पनीको चुक्तापुँजी ७१ करोड २८ लाख रहेको छ । अघिल्लो बर्ष उसको चुत्तापुँजी ३२ करोड ४० लाख मात्र थियो ।

प्रभु इन्स्योरेन्सले २७ करोड २७ लाख रुपैयाँ कमाएको छ । कम्पनीले आर्थिक बर्ष २०७३/०७४मा कुलबीमा शुल्क ८३ करोड ७४ लाख संकलन गरेको कम्पनीले १७ सय २० दाबीलाई ३५ करोड ११ लाख भुक्तानी गरेको जनाएको छ ।

कम्पनीले करिब १० प्रतिशतले बीमा शुल्क आर्जन गर्दा प्रतिसेयर आम्दानी ३० रुपैयाँ गरेको छ । कम्पनीले महाबिपत्ती कोषमा ५ करोड ४४ लाख पुर्याएको छ । जुन अघिल्लो बर्ष ४ करोड ७७ लाख थियो ।


क्लिकमान्डु