नेपाल पेन्ट डिलर एशोसियन १८औं वर्षमा प्रवेश



काठमाडौं । नेपाल पेन्ट डिलर एसोसिएसनले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

ललितपुरको कुमारी पाटीमा आयोजित कार्यक्रममा ५६ जनाले रक्तदान गरेको एसोसिएसनका उपाध्यक्ष रामचन्द्र खत्रीले जानकारी दिए ।
कार्यक्रममा डिलर एसोसिएसनका पदाधिकारी तथा सदस्य र कुमारी पाटी टोल सुधार समितिका सदस्यहरुले रक्तदान गरेका थिए ।

स्थापना कालदेखि नै विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको एसोसिएसनले विगत १६ वर्षदेखि हरेक वर्ष रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक वर्ष विभिन्न स्थानमा कार्यक्रम गर्दै आएको एसोसिएसनले यस पटक कुमारी पाटीमा कार्यक्रम आयोजना गरेको हो ।

रक्तदान मानव जीवनकै सवैभन्दा ठूलो दान भएकाले एसोसिएसनले हरेक वर्ष कार्यक्रम सञ्चालन गर्दै आएको उपाध्यक्ष खत्रीले जानकारी दिए । उनले रक्तदान कार्यक्रमलाई एसोसिएसनले आगामी दिनमा पनि वार्षिक रुपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।


क्लिकमान्डु