नेशनल लाइफ इन्स्योरेन्सद्धारा २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित



काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनीको २९ औं वार्षिक साधारण सभाले आ.ब. २०७२/०७३ को लागि चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश १.३२ प्रतिशत गरी जम्मा २६.३२ प्रतिशत लाभांश पारित गरेको छ, जसबाट कम्पनीको चुक्ता पूँजी १ अरब ६५ करोड ६० लाख रुपैयाँ हुने भएको छ ।

सभावाट वोनस पश्चात हुन आउने चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ जसवाट कम्पनीको चुक्ता पूँजी २ अरब ६४ करोड ९६ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

साधारण सभामा कम्पनी अध्यक्ष प्रेमा सिंहले आ.व.२०७२/०७३ मा कम्पनीले सन्तोषजनक प्रगति गरेको बताउँदै सो आवमा कूल ३ सय ८५ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको र १ सय ७ करोड रुपैयाँ खूद दावी भुक्तानी गरेको एवम् ३६ करोड रुपैयाँको खुद मुनाफा आर्जन गरेको सभामा जानकारी गराईन् ।

यसैगरी आ.व. २०७२/०७३ को अन्त सम्ममा कम्पनीको कुल लगानी २०.१० प्रतिशतले बृद्धि भई  २०.१० करोड रुपैयाँ पुगेको छ र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २२.९४ प्रतिशतले बृद्धि भई २०७३ असार मसान्त सम्ममा १४ अरब ३१ करोड रुपैयाँ पुगेको जानकारी गराईन् ।


क्लिकमान्डु