काठमाडौंमा बन्दैछ यस्तो आर्क ब्रिज (फोटोफिचर)



काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बाग्मती नदी र बिजुली बजारको धोबी खोलामा ‘नेटवर्क आर्क ब्रिज’ बनिरहेको छ । तीनकुनेस्थित बाग्मती पुलमा २१ करोड रुपैयाँको लागतमा पप्पु कन्स्र्टक्सनले २ वटा नेटवर्क आर्क ब्रिज निर्माण गरिरहेको छ ।

बिजुली बजारको पुल ५० मिटर र तीकुनेको ८५ मिटर लामो हुनेछ । दुबै पुलको चौडाइ १४ मिटरको हुन्छ । पुलको आर्क १० मिटर लामो हुनेछ । पुलको दायाँ बायाँ १र१ मिटर फुटपाथ रहनेछ । आर्कमा स्टिलको डण्डी राखिनेछ ।

धोबी खोलाको २ वटा नेटवर्क आर्क ब्रिज जेई कन्स्र्टक्सनले १३ करोड रुपैयाँको लागतमा निर्माण गरिरहेको छ । ५० मिटर लामो पुलका लागि आयोजनाबाट कन्स्र्टक्सनले ५ करोड ६१ लाख रुपैयाँ पाइसकेको छ ।

चालु आर्थिक बर्षभित्रमा २ वटै पुल निर्माण गर्नेगरि काम गरिरहेको जेई कन्स्र्टक्सनका निर्देशक उद्धव भट्टराई बताउँछन् ।

माइतिघर तिनकुने खण्डमा सडक ८ लेनको छ । तर पुल पुल २ लेनको मात्र छ । नेटवर्क आर्क ब्रिजमा प्रयोग गरिने आकर्षक डिजाइनका कारण पुलले काठमाडौंको सुन्दरता बढने छ । साथै पुलको निर्माण भएसँगै सो क्षेत्रमा हुने ट्राफिक जाम न्युनिकरणमा महत्वपुर्ण हुने विश्वास गरिएको हो । 


पुष्प दुलाल