एसबिआई,एनबी र मेगाको नाफा कति ?



काठमाडौं । नेपाल एसबिआई बैंक,नेपाल बंगलदेश(एनबी) बैंक, मेगा बैकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

अपरिस्कृत वित्तीय विवरण अनुसार एसबिआई र एनबीको नाफा १ अर्ब नाघेको छ भने मेगाको बैंकको नाफा ७९ करोड रहेको छ ।

नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५३ करोड खुद नाफा कमाएको छ । बैंकले आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब ३३ करोड नाफा कमाएको थियो ।

एनबी बैंकले भने गत आर्थिक वर्षमा नाफा धेरै बढाउन सकेको छैन । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा एनबीले १ अर्ब २० करोड नाफा कमाएको छ । अघिल्लो वर्ष एनबीको नाफा १ अर्ब १९ करोड रहेको थियो ।

मेगा बैंकले भने ७९ करोड नाफा कमाएको छ । मेगा बैंकको गत आर्थिक वर्षमा नाफा ५५ करोड १० लाख रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकले भने अनुसारको चुक्ता पुँजी भने कसैको पनि पुगेको छैन । अहिले एनबीको चुक्तापुँजी ७ अर्ब २१ करोड, एसबिआईको ६ अर्ब ९३ करोड र मेगा बैंकको ४ अर्ब ५८ करोड रहेको छ ।

एसबिआईले ५ अर्ब ९१ करोड व्याज आम्दानीगर्दा ब्याज खर्च २ अर्ब ९८ करोड गरेको छ । एनबी बैंकले ३ अर्ब ६५ करोड ब्याज आम्दानीगर्दा २ अर्ब १२ करोड खर्च गरेको छ । मेगा बैंकको व्याज आम्दानी ४ अर्ब १२ करोड हुँदा व्याज खर्च २ अर्ब ३९ करोड गरेको देखिएको छ ।

एसबिआईको ८१ अर्ब ५६ करोड निक्षेप रहेको छ भने कर्जा प्रवाह ६३ अर्ब रहेको छ । एनबीको ४३ अर्ब ७१ करोड निक्षेप छ भने कर्जा ३७ अर्ब ४६ करोड रहेको छ ।

यस्तै मेगा बैंकको निक्षेप ३८ अर्ब ९३ करोड रुपैयाँ संकलन गरेको छ । उसले ३४ अर्ब ५९ करोड कर्जा प्रबाह गरेको छ ।

प्रतिसेयर आम्दानीको हिसावले एसबीआईको ३० रुपैयाँ, एनबीको २८ रुपैयाँ र मेगाको १७.२७ रुपैयाँ रहेको छ ।

सबैभन्दा कम खराब कर्जा समेत एसबीआईको नै रहेको छ । उसको ०.१० प्रतिशत खराब कर्जा रहँदा एनबीको ०.७६ प्रतिशत रहेको छ भने मेगा बैंकको १.३६ प्रतिशत रहेको छ ।

 


क्लिकमान्डु