राष्ट्रिय अनुसन्धान विभागमा ५५ जनाका लागि जागिर खुल्यो



काठमाडौं । गृह मन्त्रालय अन्तरगत रहेको राष्ट्रिय अनुसन्धान विभागमा विभिन्न पदमा ५५ जनाले रोजगारीको अवसर पाउने भएका छन् ।

विभागले अनुसन्धान अधिकृतको लागि २२ जना र अनुसन्धान सहायकको लागि ३३ जना मागेको छ ।

अधिकृतको लागि कम्तीमा स्नातक तह पास गरेको हुनुपर्ने छ भने सहायकको लागि प्रमाणपत्र तह पास गरेको हुनुनपर्ने छ । अधिकृतको लागि खुल्ला तर्फ १२ आदिवासी तर्फ ३, मधेसी तर्फ ३, महिला तर्फ २, दलित तर्फ १ र पिछडीएको क्षेत्र तर्फ १ गरी २२ जना मागिएको छ ।

त्यस्तै सहायक तर्फ १८ जना खुल्ला तर्फ, ५ जना आदिबासी÷जनवजाती तर्फ, ४ मधेसी तर्फ, ३ दलित तर्फ र पिछडीएको क्षेत्र तर्फ १ गरी ३३ जनाको माग गरिएको छ ।

साउन २६ देखि भदौ २४ गते सम्म दरखास्त दिन सकिने छ । भने लिखित र मौखिक दुवै परिक्षा हुने विभागले सूचना मार्फत जानकारी गराएको छ । काठमाडौंमा सिंहदरबारमा तथा क्षेत्रीय कार्यालयहरुमा फारम भर्ने व्यवस्था गरेको विभागले जानकारी दिएको छ ।


क्लिकमान्डु