ह्याचब्याक र सेडानको फ्युजन ‘टिगोर’ नेपाली बजारमा, मूल्य २३ लाख ४५ हजार



काठमाडौं । टाटा मोटर्स्कोलागी नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले नयाँ स्टाइलव्याक टिगोर कार नेपाली बजारमा भित्र्याएको छ ।

चुस्त अत्याधुनिक डिजाइनले टिगोरले प्यासेन्सजर कार सेग्मेन्टमा नयाँपोर्टफोलियो तयार गर्ने विश्वास कम्पनीले लिइएको छ । १.२ लि सेग्मेन्टको यो कार पेट्रोल भेरियन्टमा उपलब्ध रहेको छ भने, २३ लाख ४५ हजार रुपैयाँ सुरुवाती मूल्य तोकिएको छ ।

टाटा मोटर्स्कका इन्टरनेशनल बिजनेश हेड, जोनी ओम्मेनले यसको डिजाइन भावी पुस्ताको मागहरुलाई ध्यानमा राखेर गरिएकाले यसले सेडान र ह्रयाचव्याक दुबै कारको अनुभूति दिने दाबी गरे । उनले टिगोरले टाटाको पोर्टफोलियो समेत विस्तार भएको दाबीगर्दै नयाँ ग्राहकहरुलाई उक्त उत्पादनको अनुभवगर्न आमन्त्रण समेत गरेका थिए ।

अगाडीको सिट यस्तो रहेको छ ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका सिइओ राजनबाबु श्रेष्ठले टिगोरको पहिलो अन्तर्राष्ट्रिय बजार प्रतिनिधि हुनपाएकोमा आफ्नो कम्पनीलाई गर्व लागेको बताए । ह्याच र सेडानबाट बाहिर निस्केर टिगोरले आफैंमा एउटा नयाँ सेग्मेन्ट तयार गरेको उनको भनाई थियो ।

टिगोरको बाहिरी बनावट Expressive, Exciting  र  Extraordinary तरिकाले डिजाइन गरिएको कम्पनीको दाबी छ ।

कारमा विश्वलाई आफूसँगै राख्नका निमित्त उच्च लेगरुम र २४ वटा यूटिलिटी स्पेसहरुलाई बुद्धिमतापूर्वक कायमगरिएको कम्पनीको दाबी छ ।

मनोरञ्जनको दुनियाँमा कनेक्ट हुने नयाँ पुस्ताका ग्राकहरुको चाहनालाई मध्यनजर गर्दै टाटाले विश्वचर्चित गोल्डन इएरसहित हार्मन प्रविधिको अत्याधुनिक अडियो तथा कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिस्टमको प्रयोग गरेको छ ।

पछाडीको सिट यस्तो रहेको छ ।

एक्सइ, एक्सटी,एक्सजेड र एक्सजेड(०) भेरियन्टमा उपलब्ध टाटा टिगोर ६ वटा रङ्गहरु कपर ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लू, बेरी रेडमा उपलब्ध छ । उक्तकारमा टाटा मोटसर््ले ४ वर्ष वा ७५,००० किलोमिटर वारेण्टी प्रदानगर्ने घोषणा गरेको छ ।


क्लिकमान्डु