२१औं अन्तर्राष्ट्रिय पुस्तक पर्दशनी साउन २१ देखि



काठमाडौं ।  २१औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक पदर्शनी २०७४ साउन २१ देखि हुने भएको छ ।

पढ्नलाई प्रेरणा दिने अभियानका साथ हुने मेला साउन ३२ सम्म आयोजना हुने छ ।

ग्लोबल एक्श्पोजिसनद्धारा आयोजना तथा नेपाल पुस्तक तथा स्टेशनरी महासंघको सहकार्यमा गरिएको यस वार्षिक मेलामा पुस्तक तथा प्रकाशन सम्बन्धि विभिन्न आयामहरू प्रदर्शनी, बिक्री एवं दैनिक सुचनामूलक कार्यक्रमहरू मार्फत पुस्तक प्रेमीहरू समक्ष प्रस्तुत्   गरिने छ ।

२१औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी २०७४, प्रदर्शन तथा अवलोकनकर्ताहरूका लागि पुस्तक, प्रदर्शन र हालको बजार शैली सम्वन्धि जानकारी प्राप्त गर्न सकिने विशेष  अवसरको रुपमा रहने छ ।

लगभग ६० वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागी संस्थाहरूको फरक–फरक विधाका अनेकौं पुस्तकहरू विभिन्न उमेर समुहका पाठकहरूलाई लक्षित गरी प्रर्दशनीमा राखिएका छन् । २१औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी २०७४ मा पठन्–पाठन्को महत्वलाई मध्यनजर गर्दै थुप्रै्र साहित्यिक एवम् जनचेतनामूलक कार्यक्रमहरू मेला अवधि भरी संचालन रहने छन् ।

पुस्तक विमोचन, पुस्तक हस्ताक्षर तथा लेखकहरू संग साक्षात्कार कार्यक्रमहरू पनि मेला अवधि भरी रहने छन् । ७ दिन सम्म संचालन हुने यस पुस्तक मेलामा लगभग ५० हजार आगन्तुकहरूले अवलोकन गर्ने आयोजकको विश्वास रहेको छ ।  २१औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी २०७४ ले प्रत्येक पुस्तक प्रेमीको चाहनालाई समेट्न सक्ने आयोजकको प्रयास रहेको छ ।


क्लिकमान्डु