एक दिनमै बिक्छन् १२ सय सवारी साधन, पहिलो रोजाईमा कुन ?



काठमाडौं । आर्थिक वर्ष २०७३/७४ मा दैनिक १ हजार २ सय १७ वटा सवारी बिक्री भएको छ । जुन गत वर्षको भन्दा दैनिक बिक्रीदर ३ सयले बढेको हो । गत आव २०७२/७३ मा दैनिक ९ सय १७ वटा सवारी बिक्री भएको थियो ।

यसरी बिक्री हुनेमा सवैभन्दा धेरै हिस्सा मोटरसाइकलको रहेको छ । आव २०७३/७४ दैनिक ९ सय ७० वटा मोटरसाइकल बिक्री भएको छ । आव २०७३/७४ मा देशभर ४ लाख ४४ हजार २ सय ५९ सवारीसाधन बिक्री भएको थियो । जुन दैनिक हिसाव गर्दा १ हजार २ सय १७ हुन हुन आउँछ ।

२०७२/७३ मा देशभर २ लाख ६७ हजार ४ सय ३८ वटा मोटरसाइकल दर्ता भएकोमा गत वर्ष ३ लाख ५४ हजार ७१ वटा पुगेको छ । मोटरसाइकलपछि धेरै दर्ता हुने सवारीमा कार/जीप/भ्यान रहेको छ ।

आव २०७२/७३ मा ३ लाख ३४ हजार ७ सय ६५ वटा सवारीसाधन दर्ता भएका थिए ।

पछिल्लो ६ वर्षमा देशभर सवारीसाधनको संख्या दोब्बरभन्दा बढी भएको छ । आर्थिक वर्ष २०६८/६९ मा देशभर १३ लाख ४८ हजार ९ सय ९५ सवारीसाधन रहेकोमा गत आव सम्ममा दर्ता भएका कुल सवारी साधनको संख्या २७ लाख ८३ हजार ४ सय २८ पुगेको छ ।

हरेक वर्ष सवारी दर्तामा सबैभन्दा धेरै हिस्सा मोटरसाइकलको रहने गरेको छ । २०७२/७३ मा देशभर २ लाख ६७ हजार ४ सय ३८ वटा मोटरसाइकल दर्ता भएकोमा गत वर्ष ३ लाख ५४ हजार ७१ वटा पुगेको छ । मोटरसाइकलपछि धेरै दर्ता हुने सवारीमा कार/जीप/भ्यान रहेको छ ।

२०७३/७४ मा २१ हजार २ सय ९२ वटा कार/जीप/भ्यान दर्ता भएका छन् ।

यो आव ०७२/७३ को तुलनामा ७ हजार ६९ ले कम हो । अघिल्लो वर्ष देशभर २८ हजार ३ सय ६१ वटा काररजीपरभ्यान दर्ता भएको विभागको तथ्यांक छ ।

कार/जीप/भ्यानपछि धेरै दर्ता हुने सवारीमा ट्र्याक्टर/पावर ट्रेलर रहेको छ । यो सेगमेन्टमा २०७३/७४ मा १७ हजार ८५ वटा दर्ता पुगेको छ ।

अघिल्लो वर्ष यो वर्गमा ९ हजार ७ सय ८६ वटामात्र दर्ता भएको देखिन्छ । ट्र्याक्टरपछि धेरै दर्ता हुनेमा क्रेनरडोजर/एक्जाभेटर/ट्रक रहेको छ, जुन गत वर्ष १२ हजार ७ सय १२ को संख्यामा रहेको छ ।

२०७२/७३ मा क्रेन/डोजर/एक्जाभेटर/ट्रक वर्गमा ८ हजार ३ सय २८ वटामात्र दर्ता भएका थिए । २०७३/७४ मा ई–रिक्साको दर्तामा भने उल्लेख्य कमी आएको छ ।

२०७२/७३ मा ११ हजार ८ सय ९४ वटा ई–रिक्सा दर्ता भएकोमा २०७३/७४ मा आइपुग्दा घटेर २ हजार २ सय ४७ मा सीमित भएको छ । ई-रिक्सा अधिकांश तराइका जिल्लाहरूमा मात्र दर्ता हुने गरेको छ ।

यस्तै, २०७२/७३ मा यात्रुवाहक बस दर्ता ४ हजार ३ सय ५३, मिनि बस/मिनि ट्रक ४ हजार ६ सय २५, माइक्रोबस ११ सय ३७, टेम्पो २ हजार ६ सय १३ को संख्यामा दर्ता भएको थियो ।

०७३/७४ मा आइपुग्दा बस बढेर ५ हजार ३ सय ४२, मिनिबसरमिनिट्रक घटेर २ हजार ८, माइक्रो ८ सय ४१ र टेम्पो दर्ता बढेर १७ हजार ७ सय ८२ पुगेको विभागको तथ्यांकमा छ ।

देशभर पिकअपको दर्ता पनि उल्लेख्य रुपमा बढेको छ । २०७२/७३ मा ५ हजार ६० वटा पिकअप दर्ता भएकोमा ०७३/७४ मा आइपुग्दा दोब्बर भन्दा बढीले वृद्धि भइ १० हजार ६ सय ७५ पुगेको छ ।

अञ्चलगत रुपमा अनुसार हेर्दा ०७२/७३ सबैभन्दा धेरै सवारी बागमतीमा ९४ हजार ७ सय २१ वटा दर्ता भएकोमा ०७३/७४ मा आइपुग्दा बढेर १ लाख १९ हजार ९ सय ५६ पुगेको छ ।
सवारी बिक्रीदर

वर्ष जम्मा संख्या दैनिक
२०७३/७४ ४,४४,२५९ १,२१७
२०७२/७३ ३,३४,७६५ ९१७


क्लिकमान्डु