भारतमा निर्मित युएमका मोटरसाइकल नेपाली बजारमा



काठमाडौं । आईएमई ग्रुप अन्तर्गतको आईएमई अटोमोटिभ्स्ले भारतमा उत्पादन भएका युएम बाइकको बिक्री वितरण सुरु गरेको छ । भारतको उत्तराखण्डको काशीपुरमा अवस्थित फ्याक्ट्रीमा निर्मित रेनेज्ड ३०० सिरिज बाइकको बिक्री शुरु गरेको हो ।

आइएमई अटोमोटिभ्सले युएमबाइकको ३०० सिरिजको रेनेज्ड कमाण्डो ३०० र रेनेज्ड स्र्पोट एस ३०० मोडेलहरुको बिक्री सुरुगरेको हो । कार्यक्रममा आईएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकालले मोटरसाइकलले नेपाली बजारमा राम्रै स्थानलिने विस्वास व्यक्त गरे ।

कार्यक्रममा आईएमई अटोमोटिभ्स्का प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले युएमका प्रमुख मोडेलहरु रिनिगेड कमान्डो र रिनिगेड स्पोर्ट एस ३०० सिरिज सेग्मेंटले युएम बाइक राइडर र उत्साहीहरुलाई विश्व स्तरिय बाइकिङ्ग अनुभब दिने धारणा राखे ।

साथै उनले काठमाडौँ लगायत देशका अन्य ठाउँहरुमा अवस्थित ३ एस सेटअपहरुबाट सेल्स, सर्विस र पार्ट्स उपलब्ध गराउने बताए ।

रेनेज्ड कमाण्डो ३०० मुल्य ४ लाख ९२ हजार रहेको छ भने, रेनेज्ड स्पोर्ट एस ३०० को मुल्य ४ लाख ९९ हजार रहेको छ । १८ लिटरको फ्युल ट्रयाङकी रहेको छ ।


क्लिकमान्डु