एक महिनामा १७ मोडेलका मोवाइल फोन सार्वजनिक, कुनको मूल्य कति ?



काठमाडौं । मोवाइल फोनको बिक्री पछिल्ला दिनमा एसियाली बजारमा एकदमै बढेको छ । औषत एउटा फोन एक जनाले ७ महिना प्रयोग गर्ने गरेको तथ्याङ्कहरु बाहिर आएका छन् ।

बिषेशगरी भारत र चीनले मोवाइल फोन उत्पादन र प्रयोगमा निकै ठुलो प्रतिस्प्रर्धागरी रहेका छन् । नेपाली बजारमा समेत चीन र भारतमा निर्मित फोनको नै बाहुल्यता रहेको छ ।

एसियाली बजारमा ठुलो हल्लाखल्ला गर्दै जुलाई महिनामा सार्वजनिक भएका १७ वटा फोनहरु यस्ता छन् ।

मोटो जेड२ फोर्सः मोटो रोलाको ५.५ इन्चको डिस्प्ले रहेको यो फोनको नेपाली मुल्य ४२ हजारको हाराहारीमा पर्ने छ । २७३० एमएएचको ब्याट्री जडान गरिएको यो फोनमा ४ जीबी र्याम र १२ मेगापिक्सल ड्युल क्यामेरा रहेको छ ।

स्याओमी मि म्याक्स २ : १२ मेगा पिक्सलको क्यामेरा भएको यो फोनको नेपाली बजारमा करीब २८ हजारको हाराहारीमा पाइन्छ । ६.४४ इन्चको डिस्प्ले रहेको यस फोनमा ५२०० एमएएचको ब्याट्री र ४ जीबी र्याम प्रयोग गरिएको छ ।

इन्टेक्स एक्वा लायन्स ३ : १० हजार रुपैयाँ हाराहारीमा किन्न पाइने यो फोनमा ५ इन्चको डिस्प्ले रहेको छ । दुबै क्यामेरा ८।८ मेगापिक्सलको राखिएको छ भने, ४ हजार एमएएचको ब्याट्री राखिएको छ । यो फोनमा र्याम भने २ जीबीमात्र रहेको छ ।

आइभोमी मि४ : एक जीबी र्याम रहेको यो फोनमा ४.५५ इन्चको डिस्प्ले जडान गरिएको छ । नेपाली बजारमा यो ब्राण्डको खासै उपस्थिती नभएपनि यसको मुल्य करीब ७ हजार रुपैयाँ पर्न आउँछ ।

सोनी एक्सपेरिया एक्सए१ अल्ट्रा : ५० हजार रुपैयाँ भन्दामाथि मुल्य रहेको यो फोनको डिस्प्ले ६ इन्च र ब्याट्री २७०० एमएएच रहेको छ । २३ मेगा पिक्सलको क्यामेरा रहेको यस फोनमा सेल्फीका लागी १६ मेगापिक्सलको क्यामेरा रहेको छ । र्याम ४ जीबी रहेको छ ।

आइभोमी मि५ : एक जीबी र्याम रहेको यो फोनमा ५ इन्चको डिस्प्ले जडान गरिएको छ । नेपाली बजारमा यो ब्राण्डको खासै उपस्थिती नभएपनि यसको मुल्य करीब ८ हजार रुपैयाँ पर्न आउँछ ।

इन्टेक्स एक्वा जेनिथ : १ जीबी र्याम रहेको यो फोनमा २००० हजार एमएएचको ब्याट्री जडान गरिएको छ । ५ इन्चको डिस्प्ले रहेको यो फोन नेपाली बजारमा ८ हजारको हाराहारीमा पाउन सकिन्छ ।

जोएक्स : ३ जीबी र्याम रहेको यो फोनमा २.४ इन्चको डिस्प्ले जडान गरिएको छ । १.३ मेगापिक्सलको क्यामेरा जडान भएको यस फोनमा ब्याट्री भने ३००० एमएएचको जडान भएको छ । यसको नेपाली बजारमा उपस्थिती खासै छैन । यसको मुल्य ३ हजार रुपैयाँ हाराहारी पर्ने छ ।

माइक्रोम्याक्स क्यानभास ः ३ जीबी र्याम रहेको यस फोनमा अगाडि र पछाडि का क्यामेरा ५ र ८ मेगापिक्सलको जडान गरिएको छ । ३००० एमएएचको ब्याट्री प्रयोग गरिएको यस फोनमा ५ इन्चको डिस्प्ले रहेको छ । यसको नेपाली बजारमा १३ हजारको हाराहारीमा पर्न आउँछ ।

नोकिया १०५ : एक हजार ९ सय रुपैयाँ मुल्यपर्ने नोकिया १०५ बजारमा आएको छ । १.८ इन्चको डिस्प्ले रहेको यो फिचर फोनमा ८०० एमएएचको ब्याट्री प्रयोग भएको छ । यो फोनमा ४ एमबी र्याप रहेको छ ।

नोकिया १३० : नोकिया १३०/२०१७ नाम दिइएको यो फिचर फोनको मुल्य २५ सय रुपैयाँ हाराहारी पर्न आउँछ । १०२० एमएएचको ब्याट्री प्रयोग भएको यो फोनमा ४ जीबी र्याम रहेको छ ।

इन्टेक्स एक्वा सेल्फी : ५.५ इन्चको डिस्प्ले रहेको यो फोनमा ३००० हजार एमएएचको ब्याट्री प्रयोग गरिएको छ । २ जीबी र्याम रहेको यो फोनको मुल्य करिब ११ हजार रुपैयाँ पर्छ ।

प्यानासोनीक पी ५५ म्याक्स ः ३ जीबी र्याम रहेको यो फोनको डिस्प्ले ५.५ इन्चको रहेको छ । ५००० एमएएचको ब्याट्री रहेको यस फोनमा १३ मेगापिक्सल क्यामेरा रहेको छ । यसको मुल्य १५००० रुपैयाँ हाराहारीमा पर्न आउँछ ।

जोलो एरा आईएक्स प्रो : २ जीबी र्याम रहेको यो फोनको डिस्प्ले ५ इन्चको रहेको छ । २५०० एमएएचको ब्याट्री रहेको यस फोनमा ८ मेगापिक्सल क्यामेरा जडान भएको छ । यसको मुल्य ९००० रुपैयाँ हाराहारीमा पर्न आउँछ ।

मेटोरोला मोटो ई ४ प्लस : मोटो रोलाको ५.५ इन्चको डिस्प्ले रहेको यो फोनको नेपाली मुल्य १७ हजारको हाराहारीमा पर्ने छ । ५००० एमएएचको ब्याट्री जडान गरिएको यो फोनमा ३ जीबी र्याम र १३ मेगापिक्सल क्यामेरा रहेको छ ।

जिओ फोन : मुकेश अम्बानीको जियो कम्युनीकेशनले उत्पादन गरेको यो फोन सर्वाधिक चर्चामा रहेको फोन हो । आफ्नो नेटवर्कमा मात्रै चल्नमिल्ने गरी ल्याएको यो फोन जियोले फ्रिमा वित्तरण गर्दैछ । २.४ इन्चको डिस्प्ले रहेको यो फोनमा २००० एमएचको ब्याट्री जडान भएको छ । फोनमा ४ जीबी र्यामको प्रयोग भएको छ ।


क्लिकमान्डु