सोल्टी समूह आक्रामक लगानी बिस्तारमा, नेपालगन्ज, काठमाडौं र पोखरामा तारे होटल खोल्दै



काठमाडौं । देशभर दर्जनौ तारे होटलहरु खुल्नेक्रम जारी रहेकोवेला सोल्टी समूहले पनि होटल तथा रिसोर्टमा आक्रामक लगानी विस्तार गर्ने भएको छ । देशकै सवैभन्दा पुरानो पाँचतारे होटल सोल्टीकै व्यवस्थापन र लगानीमा तीन वटा तारे होटल खुल्ने भएका छन् ।

सोल्टी क्राउन प्लाजाले नेपालगन्ज, काठमाडौं र पोखरामा गरी तीन वटा तारे होटल खोल्न लागेको हो ।

कुल पुँजी ५ अर्ब ४१ करोड ७० लाख रुपैयाँ सहित कम्पनी रजिष्ट्रारको कार्यालयमा सिप्रभ्य होटल्स एन्ड रिसोर्ट दर्ता गरिएको छ ।

नेपालगन्जमा चार तारे होटल

सोल्टी होटल लिमिटेडले यसैवर्ष देखि नेपालगन्जमा चारतारे होटल सञ्चालनमा ल्याउने भएको छ । लिमिटेडका कार्यकारी अध्यक्ष दिनेशबहादुर विष्टले ५५ करोड लगानीमा होटल निर्माण भइरहेको जानकारी दिए ।

विष्टका अनुसार डेढ वर्षअघि सुरु भएको नेपालगन्जमा होटलको निर्माण कार्य ९० प्रतिशत सकिइसकेको छ । डेढ बिघा क्षेत्रफलमा निर्माण हुँदै गरेको होटलमा ८१ कोठा, स्विमिङ पुल, २ सय ५० जना क्षमता भएको ब्यांकेट हल, एक सय क्षमताको रेस्टुरेन्ट, स्पासहितका सुविधा रहनेछन् । होटलले जनशक्ति विकासका लागि त्यस भेगमा तारे होटलसम्बन्धी तालिम पनि दिने योजना बनाएको छ ।

पोखरामा सुविधा सम्पन्न रिसोर्ट

कम्पनीका कार्यकारी अध्यक्ष विष्टका अनुसार पोखरामा पनि भेन्चर रिसोर्टको निर्माणका लागि जग्गा खरिदको काम सम्पन्न भइसकेको छ । ६० करोड रुपैयाँ लगानीमा पोखरामा निर्माण हुने रिसोर्टमा १ सय कोठा रहने छ ।

राजा त्रिभुवनका छोरा हिमालयवीरविक्रम शाहले २०२३ मंसिर १० मा स्थापना गरेको यो होटलको पछिल्लो बजार मूल्यअनुसार कुल पुँजी २३ अर्ब हाराहारी रहेको छ ।

‘नेपालगन्जपछि पोखरामा रिसोर्टका रुपमा अर्को भेन्चर स्थापना गर्दै छौं,’ विष्टले भने । पोखरामा रिसोर्टका लागि २८ रोपनी जग्गा खरिद भइसकेको विष्टले बताए

काठमाडौंमा ‘सिप्राभ्य होटल्स’

सोल्टी होटलले रविभवनमा सिप्राभ्य होटल्स एन्ड रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । कुल पुँजी ५ अर्ब ४१ करोड ७० लाख रुपैयाँ सहित कम्पनी रजिष्ट्रारको कार्यालयमा सिप्रभ्य होटल्स एन्ड रिसोर्ट दर्ता गरिएको छ । रविभवनमा सिप्राभ्य होटल्स एन्ड रिसोर्टस् प्रालिको नाममा होटल खोल्न लागिएको हो ।

कम्पनीले होटलमा २ सय ५० जनालाई रोजगारी दिने लक्ष्य लिएको छ । साथै यो होटलमा १ सय ६० वटा बेड रहने छन् । होटलमै १ सय २५ जना सिट क्षमता भएको रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याउने यो कम्पनीको योजना छ ।

पर्यटन मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को प्रमाणपत्र पाएसँगै होटल निर्माणको काम अघि बढाउने तयारी गरिएको छ । होटल सोल्टी क्राउन प्लाजा सञ्चालन गरिरहेका प्रभाकर समशेर राणाले काठमाडौंमै अर्काे होटल खोल्न लागेका हुन् ।

रविभवनमा करिब २ लाख ५३ हजार स्क्वायर फिट क्षेत्रफलमो होटलको निर्माण हुन लागिएको हो । होटलमा लगानीकर्ताको रुपमा प्रभाकर शमशेर राणा, सिदार्थ समशेर राणा र निलीमा राणा रहेका छन् ।

राजा त्रिभुवनका छोरा हिमालयवीरविक्रम शाहले २०२३ मंसिर १० मा स्थापना गरेको यो होटलको पछिल्लो बजार मूल्यअनुसार कुल पुँजी २३ अर्ब हाराहारी रहेको छ । हाल कम्तीमा ३१ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेको सोल्टीमा करिब ४० प्रतिशत सेयर सोल्टी इन्टरप्राइजेज प्रालिको छ ।


क्लिकमान्डु