रेनो एक्सपेरियन्स मुख्य शहरमा



काठमाडौं । नेपालमा रेनोको आधिकारिक बितरक एडभान्स अटोमोबाईलले काठमाडौंमा रेनो एक्सपेरियन्स शुरु गरेको छ ।
‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’ भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएका कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्छन् ।

रेनोको क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । मेलामा गाडी खरिदगर्नेले सडक कर फ्री, स्पट फाइनान्स, तुरुन्त मुल्यांकन र एक्सचेन्ज, आकर्षक क्यास डिस्काउन्टका साथै ५ वर्षसम्मको बिस्तारीत वारेन्टी जस्ता आकर्षक अफरहरु पाउने कम्पनीले जनाएको छ ।

यो अभियान बुटबल, बिर्तामोड, भैरहवा, बिराटनगर, दाङ, नारायणघाट, धनगढी र पोखरामा आयोजना हुनेछ । साउन १७ गतेबाट सुरुभएको यो मेला साउन ३१ गते पोखरामा अन्त्य हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु