लेखापरिक्षक बीच भइरहेको बिभेद अन्त्य गर्न माग



 

काठमाण्डौं । लेखापरीक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) को १२ औं स्थापना दिवस काठमाण्डौंमा सम्पन्न भएको छ ।

स्थापना दिवस विशेष समारोहको उद्घाटन गर्दै महालेखापरीक्षक टंकमणी शर्माले लेखापाल र लेखापरीक्षण पेशा एउटै जस्तो देखिएकोमा चिन्ता व्यक्त गरे ।

शर्माले मुलुकमा संस्थागत सुशासन र आर्थिक अनुशासनका लागि महालेखापरीक्षक कार्यालयले गम्भिरतापूर्वक काम गरिरहेको दाबी गरे ।

कार्यक्रममा बोल्दै अडानका अध्यक्ष मोहनराज रेग्मीले लेखापरीक्षकहरुवीच विभेद र अधिकारकटौती गर्ने कार्य निरन्तर चलिरहेको बताए । ‘लेखापरीक्षकहरुको अधिकारकटौती गरेर मुलुकमा सुशासन, अनुशासन र समृद्धि कायम हुन नसक्दैन ।’ रेग्मीको दाबी थियो ।

कार्यक्रममा दक्षिण एशियाली लेखाव्यवसायी महासंघका उपाध्यक्ष सुवोध कर्ण, आन्तरिक राजस्व महासंघका महानिर्देशक किशोरजंग कार्की, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, अडान संस्थापक अध्यक्ष कमल खरेललगायतले मन्तव्य राखेका थिए ।


क्लिकमान्डु