भरतपुरमा मतान्तर घटाउँदै रेणु दाहाल



चितवन ।   भरतपुर महानगरपालिका– १९ को मतगणना सकिएको छ ।

२० नम्बर वडाको मतगणना सुरु भएको छ । ४०० मत गन्दा एमालेका मेयर उम्मेद्वार देवी ज्ञवाली १ सय ७० मतले अगाडि छन् ।

पछिल्लो मत परिणाम अनुसार देवी ज्ञवाली ४२ हजार ६९ मतका साथ अगाडि छन् । रेणु दाहालले ४१ हजार ८ सय ९९ मत ल्याएकी छन् ।

१९ नम्बर वडाको मत गन्नुअघि एमालेका देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहालभन्दा ७८४ मतले अगाडि रहेका थिए । वडा नं– १९ को मतगणना सकिँदै गर्दा दाहाल र ज्ञवालीको मतान्तर २२१ मा झरेको छ ।

वडा नं– १९ मा दुई हजार ८७० मत खसेको थियो । जसमा दाहालले एक हजार ५२९ मत र ज्ञवालीले ९६६ मत प्राप्त गर्नुभएको छ । सो वडामा राप्रपाका प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले पाँच मत पाएका छन् ।

त्यसैगरी उप प्रमुखमा नेपाली काँगे्रसकी पार्वती शाहले ४५ हजार ६२३, नेकपा एमालेकी दिब्य शर्मा आचार्यको ३८ हजार ६०४ र राप्रपाकी रिना गुरुङले सात हजार ६ मत प्राप्त गरेकी छिन् ।

भरतपुर महानगरपालिका वडा नं। १९ मा वडा अध्यक्षसहित सबै पदमा नेपाली काँग्रेसले बिजयी भएका छन् ।

काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार कर्णबहादुर गुरुङले एक हजार ४७८ मतका साथ विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश तामाङले एक हजार ९७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै वडा अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका खड्कबहादुर गुरुङ्ले ६६ मत र राप्रपाका प्रजापति सापकोटाले २७ मत प्राप्त गरे ।
जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि सो वडामा शुक्रवार पुनः मतदान भएको थियो ।

महानगरको कुल मतदाता संख्या एक लाख ५० हजार २७४ छन् । रासस


क्लिकमान्डु