विश्वका ५ ठूला शहर जुन बर्षात सुरु भएसँगै तालमा परिणत हुन्छन्: फोटो-फिचर



कोलम्बियाको साउथ क्यारोलिना शहर

काठमाडौं । राजधानीको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयालको ढलले बगाएर निधन भएको थियो । सामाखुसीमा ढलमा परेर लगभग १०० मिटर बगेर पनि एक वच्चा बाच्न सफल भइन ।

उक्त घटनाप्रति ध्यानाकर्षण गर्दै प्रधानमन्त्री देउवाले तत्काल यस्ता समस्या नदोहोरिने गरी समाधानगर्न निर्देशन दिएका थिए ।

तर, त्यसपछि महाराजगञ्जको बीच सडकमा रहेको खाल्डोमा एउटा कार खस्यो ।

अमेरिकाको क्यलिर्फोनिया राज्यको हारर्बोर सिटि

प्रधानमन्त्रीले खाल्डा खुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था आएको भन्दै तत्काल खाल्डाहरु पुर्न निर्देशन दिँदै आवश्यक बजेट उपलब्ध गराउने बाचा समेत गरे । तर, त्यसका बाबजुद पनि काम तिब्र गतिमा हुन भने सकेको छैन। के बर्षातको समयमा नेपालमा मात्र यस्तो घटना घट्छन त ? फोटामा हेरौ बर्षाले सबैभन्दा बढी दुखः दिने बिभिन्न शहरहरु । जहाँ बर्षाको समयमा यस्तो देखिन्छ । फोटोः एजेन्सीको सहयोगमा

अमेरिकाको लस एन्जलस शहर

इजिप्टको कायरो शहर

मुम्बाइको मेट्रो रेल स्टेशन


क्लिकमान्डु