ईजी मोबाइल केयरबाट मासिक किस्ताबन्दीमा मोबाइल किन्न पाइने



काठमाडौं । सुन्धाराको सिटिसी मलको चौथो तल्लामा रहेको ईजी मोबाइल केयर प्रा.लि.ले मोबाइल सम्बन्धि सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउने गरि सेवा शुरु गरेको छ ।

कलाकार राजेश हमालले नेपालमै नौलो अवधारणासहित सेवा शुरु गरेको कम्पनीको एक कार्यक्रमकाबीच सेवा शुरु गरे ।

कम्पनीले मोबाइल व्यवसायको क्षेत्रमा नौलो अवधारणा सहित शुरु गरेको मोबाइल बिक्री तथा सर्भिस सेवाले नेपाली ग्राहकहरुलाई नयाँ अनुभव प्रदान गर्ने जानकारी दिएको छ ।

कम्पनीले मोबाइल सेल्सका लागि अनलाइन पनि संचालन गरेको छ । जसमा अनलाइनबाटै मोबाइल किन्न सकिनेछ । यसको लागि ईजीमोबाइलकेयर डटकममा लगईन गरेर मोबाइल अनलाइन बाटै किन्न सकिन्छ ।

ग्राहकहरुलाई अधिकतम सुविधा दिनका लागि अनलाइन र अफलाइन दुबैमा ५० हजार रुपैयाँ भन्दा कम मूल्यको मोबाइल किन्दा २० प्रतिशत डाउन पेमेन्ट गरेपछि मोबाइल घर लान सकिने व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ । यसमा ग्राहकले आफैंले ६ महिना, ९ महिना र १२ महिनाको मासिक किस्ताबन्दी मध्ये एक छनौट गरेर शुन्य प्रतिशत शुल्क भुक्तानी गर्न सक्नेछन् ।

त्यसैगरि ५० हजार रुपैयाँ भन्दा अधिक मूल्य रहेको मोबाइल फोन किन्दा ३० प्रतिशत डाउन पेमेन्ट गरेपछि मोबाइल घर लान सकिने व्यवस्था छ । यसमा पनि ग्राहकले आफैंले ६ महिना, ९ महिना र १२ महिनाको मासिक किस्ताबन्दी मध्ये एक छनौट गरेर शुन्य प्रतिशत शुल्क भुक्तानी गर्न सक्नेछन् ।

कुनैपनि ग्राहकले ५० हजार रुपैयाँ भन्दा माथि मूल्य भएको स्मार्टफोन किन्दा एउटा स्मार्टफोन निशुल्क उपहार प्राप्त गर्नेछ भने ५ हजार रुपैयाँ देखि ५० हजार रुपैयाँ भन्दा कम मूल्य भएको फोन खरिद गर्दा एउटा फिचर फोन निशुल्क उपहार प्राप्त गर्ने कम्पनीले जानकारी दियो ।

कम्पनीले बिक्री गर्ने कुनैपनि ब्राण्ड र मोडलका मोबाइल सेटहरुमा थप १ वर्षको वारेन्टि दिने सुविधा ल्याएको छ ।सो कम्पनीबाट खरिद गरेको मोबाइलमा थप १ वर्षको वारेन्टी पाईनेछ ।

क्लासिक टेक प्रालिसँगको सहकार्यमा जुनसुकैे मोबाइल किन्दा पनि क्लासिक टेकको इन्टरनेट सेवा ३ महिनाको प्याकेजमा १ महिनाको सेवा निशुल्क प्राप्त गर्ने व्यवस्था कम्पनीले मिलाएको जनाएको छ ।

ईजी मोबाइल केयर प्रालिले सर्भिसतर्फ चक्रपथ भित्रका ग्राहकहरुले फोन बिग्रेको जानकारी दिएमा सोहि स्थानबाट पिकअप एण्ड ड्रप सुविधा निशुल्क प्रदान गर्नेछ ।

ग्राहकहरुले दिएको जानकारीको आधारमा सर्भिस सेन्टरमा भएको ग्राहकको मोबाइल फोन ३० मिनेट भित्र रिपेयर गर्ने सुविधा मिलाईएको छ । कम्पनीबाट कुनैपनि फोन रिपेयर गरेपछि सो फोनमा ३० दिनको रिपेयर वारेन्टी दिईनेछ र त्यस्तो फोन पुनः बिग्रेमा निशुल्क मर्मत गरिने कम्पनीको भनाई छ ।

कम्पनीको साइटमा कुनैपनि ग्राहकले आफ्नो फोनको बारेमा जानकारी राखेपछि त्यो फोनको निशुल्क भ्यालूएसन गर्ने र ग्राहकले घरमै बसेर आफ्नो पुरानो फोनको मूल्य थाहा पाउन सक्नेछन् ।

हराएको भनिएका मोबाइल फोनहरु चोरीका हुन वा साँच्चिकै हराएका हुन भनेर थाहा पाउन अनलाइनमार्फत नै जानकारी लिन सकिने सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ । यो सुविधाले आगामी दिनमा चोरीका फोनहरु बिक्री हुने संभावनालाई न्यून गर्नेछ ।

ईजी मोबाइल केयरका अध्यक्ष संजित पौडेलले मोबाइल बजारमा अझैपनि ग्राहकहरुले चाहे अनुसारको सेवा सुविधा नपाएको हुँदा ग्राहकहरुलाई सस्तो मुल्यमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएको बताए ।

‘अहिले पनि बजारमा भरपर्दो र उचित रुपमा मोबाइल बिक्री गर्ने र बिक्रीपछिको सेवा दिने कम्पनीहरु छैनन् । हामी हाम्रा ग्राहकहरुलाई घरैमा पुगेर सेवा दिने र उनीहरुको मोबाइलसम्बन्धि समस्या समाधान गर्ने उद्धेश्यका साथ आएका छौं,’ अध्यक्ष पौडेलले भने ।


क्लिकमान्डु