टाटा मोटर्सको कार मेला शुरु, २२ गतेसम्म चल्ने



काठमाडौं । टाटा मोर्टसको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स् कार मेलाको ५ औं संस्करण सुरु भएको छ ।

मेला असार २० गतेदेखि २२ गतेसम्म काठमाडौंको नक्साल बैङ्केटमा संचालन हुनेछ । मेला दिउँसो १ बजेदेखि सुरुभई बेलुकी ८ बजेसम्म संचालन हुनेछ ।

कार मेला सिजन ५ को मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, एक्स्चेन्ज सुविधा, अन द स्पट फाइनान्स र बीमा सुविधा, टेस्ट ड्राइभ लगायत विभिन्न साँगितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेको छ ।

उक्त मेला अवधिभर ग्राहकहरुले गाडी खरिद गर्दा ४ लाखसम्म नगद छुट, आकर्षक उपहारहरु, एक्स्चेन्जमा एउटा फ्रि वास कुपन, हरेक टेस्ट ड्राइभमा २ वटा मुभी टिकट, निःशुल्क पूर्ण तथा थर्ड पार्टी बीमा सुविधा र बुकिङ्गमा एक लक्की जोडीलाई थाइल्याण्ड ट्रिपको अफर प्रदान गरिने कुरा कम्पनीले जानकारी गराएको छ ।


क्लिकमान्डु