नोकिया मोबाइल ब्राण्ड फेरी नेपाली बजारमा भित्रियो



काठमाडौं। विश्वको चर्चित मोबाइल फोन ब्राण्ड नोकिया आफ्ना स्मार्टफोनहरु लिएर पुनः नेपाली बजारमा भित्रिएको छ ।

नेपालमा विक्री तथा वितरण प्रवद्र्धनका लागि नोकियाले पारामाउन्ट इलेक्ट्रोनिक्स्लाई अनुबन्धित गरेको छ । पारामाउन्ट इलेक्ट्रोनिक्स् पछिल्ला समयमा पनि नोकिया फोनहरुको डिस्ट्रिव्युटर रहेको थियो । पारामाउन्ट इलेक्ट्रोनिक्स् कम्पनीले नेपाली बजारमा नोकिया ३, नोकिया ५ र नोकिया ६ स्मार्टफोन र फिचर फोन नोकिया ३३१० उपलब्ध गराएको जानकारी दिएको छ ।

यी मोडलहरुमा दुई वटा सिमका स्लटहरु रहेका छन् । साथै विश्वव्यापी रुपमा रुचाइएको विशुद्ध एनड्रोइड नुगट अपरेटिङ्ग सिष्टम पनि रहेको छ, जसका कारण प्रयोगकर्ताले गुगलले जारी गरे लगत्तै तत्काल अपडेटहरुको लाभ पाउने छन् ।

नेपाली बजारका लागि नोकिया ३ को बजार मूल्य १५ हजार ६५० रुपैयाँ, नोकिया ५ को मूल्य २१ हजार ३५० रुपैयाँ र नोकिया ६ को मूल्य २५ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ । साथै नोकियाले आधिकारीक नोकिया केयर सेन्टर पनि विस्तारित गरेको छ ।

नोकिया ३ मोवाइल ५.० इन्च एचडी डिस्प्लेको रहेको छ । यसमा क्वाडकोर १.३ गीगाहर्ज, २ जीवी ¥याम, १६ जीवी इन्टरनल स्टोरेज रहेको छ । यसमा ८ एमपीको रियर क्यामेरा र ८ एमपीको फ्रन्ट क्यामेरा, प्योर एन्ड्रोइड न्युगट ओ.एस ७.० र २६३० एम.ए.एच् ब्याट्री राखिएको छ ।

नोकिया ५ मोवाइल ५.२ इन्च एचडी डिस्प्ले, क्वालाकम स्नापड्रागन अक्टा कोर १.४ गीगाहर्ज, २ जीवी ¥याम, १६ जीवी इन्टरनल स्टोरेज, पुर्ण एल्मुनियम बडी छ । यसमा पनि १३ एमपीको रियर क्यामेरा, फ्रिङ्गर प्रिन्ट स्क्यानर र ८ एमपीको फ्रन्ट क्यामेरा रहेको छ । यसमा प्योर एनड्रोइड नुगट ओएस् ७.१.१ र ३,००० एम.ए.एच् ब्याट्री राखिएको छ ।

त्यसैगरि नोकिया ६ मा ५.५ इन्च फूल एच्डी डिस्प्ले, स्नापड्रागन ४३० चिपसेट,अक्टा कोर १.४ गीगाहर्ज, ३ जीवी र्याम, ३२ जीवी इन्टरनल स्टोरेज रहेको छ । यसको पुर्ण एल्मुनियम बडीले गर्दा यो निकै आकर्षक देखिन्छ । यसमा ८ एमपी फ्रन्ट क्यामेरा र १६ एम.पी. रियर क्यामेराका साथ फ्रिङ्गर प्रिन्ट स्क्यानर, प्योर एण्ड्रोइड नुगट ओएस् ७.१.१ र ३००० एमएएच् व्याट्री जस्ता प्रभावशाली विशेषताहरु रहेका छन् ।

नोकियाले चाँडै नै उच्चतम प्रविधियुक्त नोकिया ८ पनि नेपाली बजारमा ल्याउने जानकारी दिएको छ ।


क्लिकमान्डु