सन्तोष प्रसाईले छोडे बीमा समिति, नेपाल लाइफको डिजिएममा नियुक्त




काठमाडौं । विगत ७ बर्षदेखि बीमा समितिमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट (सिए) सन्तोष प्रसाईले समिति छोडेका छन् ।

उनी समितिबाट राजिनामा दिएर नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको डिजिएम बनेका छन् । प्रसाई नेपाल लाइफको सेकेन्डम्यान भएका हुन् ।

‘समितिमा ७ बर्ष काम गरे, आज ४ दिन भयो, नेपाल लाइफमा डिजिएमको रुपमा काम गर्न थालेको छु,’ बुधबार क्लिकमाण्डूसँग कुरा गर्दै प्रसाईले भने ।

यसअघि समितिमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको ब्यवस्थापन हस्तक्षेप गरी आफैले लिएर प्रसाईलाई ब्यवस्थापन प्रमुखको जिम्मेवारीमा पठाएको थियो । एभरेष्टमा प्रसाईसँगै समितिबाट कुन्दन सापकोटा पनि ब्यवस्थापन हेर्नेगरी आएका थिए ।

प्रसाई नेतृत्वको समितिको ब्यवस्थापन टोलीले एभरेष्टको डिडिए सकेर साधारणसभा गरी फिर्ता भएको थियो ।


क्लिकमान्डु