भरतपुरको वडा नम्बर १९ मा साउन २० मा निर्वाचन हुने



काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा साउन २० गते निर्वाचन हुने भएको छ ।

सर्बोच्च अदालतले निर्वाचन आयोगको निर्णय सदर गरेपछि भरतपुरको वडा नम्बर १९ मा निर्वाचन हुने भएको हो ।

निर्वाचनको लागि आजदेखि मौन अवधी सुरु भइसकेको छ ।

भरतपुर महानगरको मतगणना जारी रहदा माओवादी प्रतिनिधीले मतपत्र च्यातेपछि निर्वाचन आयोगले वडा नम्बर १९ मा निर्वाचन गराउने निर्णय गरेको थियो । आयोगको निर्णय विरुद्ध एमालेका उम्मेद्वार सर्बोच्च गएका थिए । सर्बोच्चले आयोगको निर्णय सदर गरेको थियो ।

भरतपुर महानगरमा कांग्रेस माओवादी केन्द्रबाट माओवादीका रेणु दाहाल तथा एमालेबाट देवी ज्ञवाली मेयर पदमा उम्मेद्वार छन् । रेणी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।


क्लिकमान्डु