चौरी महोत्सवको उदघाटन केपी ओलीले गर्ने



काठमाडौं । लोपोन्मुख चौरी गाई तथा पयर्टन विस्तारका लागि दोलखाको कालिञ्चोकमा पहिलो पटक ‘कालिञ्चोक चौरी महोत्सव २०७४’ आयोजना हुने भएको छ ।

दोलखाको कालिञ्चोकमा साउन २२ गतेदेखि २३ गतेसम्म चौरीमहोत्सव आयोजना हुनेछ । आयोजकका अनुसार नेकपा एमालेका अध्यक्ष केपी ओलीले चौरीको दुध दोएर महोत्सवको उद्घाटन गर्ने छन् ।

पछिल्ला समय कालिञ्चोक धार्मिक पर्यटकहरुको आकर्षण केन्द्रको रुपमा रहेको कालिञ्चोक गाउँपालिकाका उपप्रमुख कालिका पाठकले बताईन ।

‘कालिञ्चोकमा प्रशिद्ध तीर्थस्थल कालिञ्चोक भवगतीको मन्दिरका कारण धार्मिक पर्यटकहरु आउने गरेका छन, कालिञ्चोक लोपोन्मुख चौंरीको बासस्थान पनि हो,’ पाठकले भनिन् ।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले महोत्सवले पर्यटनको ध्यान खिच्ने बताए ।

‘हिमाली परिवेशमा बाँच्ने चौरीविश्वको केहि मुलुकमा मात्र पाइन्छ, चौंरीको राम्रो प्रवद्धर्न गर्न सके चौरीहर्नका लागि विदेशी पयर्टक नेपाल आउने वातावरण निर्माण हुन्छ,’ जोशीले भने ।

पूर्व पर्यटनमन्त्री तथा दोलखाका सासंद आनन्द पोखरेले महोत्सवले दोलखाको कृषि तथा पयर्टन प्रर्वद्धनमा टेवा पुग्ने विश्वास लिएका छन् ।

बर्सातको समयमा महोत्सव किन भन्ने प्रश्नको जवाफ दिँदै उनले भने,‘ चौरी एकै स्थानमा पालिन जनवार हैन, मौसम अनुसार चौरीको बासस्थान परिवर्तन भइरहन्छ र बर्सातको समयमा चौरीकालिञ्चोकमा पालिन्छ ।’

दोलखाका अर्का सासंद पार्वत गुरुङले चौरीपालनको आकर्षण घट्दो क्रममा रहेको बताए ।

चौरी ब्यवसायबाट किसानहरु आत्मनिर्भर बन्न सकिरहेका छैनन्, मोहोत्सवलगायतका चौरीको प्रवद्धर्न हुने कार्याक्रमले चौरी किसान अत्मनिर्भर तर्फ अग्रसर हुने उनले विश्वास लिएका छन् ।

नेकपमा एमालेका नेता तथा सासंद पशुपति चौलागाईले चौरीको महत्वबारे धारण राखे । महोत्सवको आकर्षणको रुपमा चौरी सौन्दर्य प्रतियोगिताm याक चिज, छुर्पि, घिउलगायत हुने आयोजकले जनाएका छन् ।


पुष्प दुलाल