निर्जीवन बीमा कम्पनीको व्यवसाय २९.४२ प्रतिशतले बढ्यो (सूचिसहित)



काठमाडौं । निर्जिवन बीमा कम्पनीको व्यवसाय २९.४२ प्रतिशतले बढेको छ ।

निर्जिवन बीमा कम्पनीले गत आर्थिक वर्षमा १८ अबए १६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो वर्षमा यस्तो बीमा शुल्क १४ अर्ब रुपैयाँ थियो ।

निर्जीवन बीमा कम्पनीमा सबैभन्दा बढी बीमा शुल्क आर्जन अघिल्लो वर्षजस्तै यो वर्षपनि शिखर इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । शिखरले २ अर्ब ७७ करोडको बीमा शुल्क आर्जन गरेको छ । शिखरले व्यवसायमा ३८.४२ प्रतिशतले बढाएको छ ।

शिखरपछि दोस्रो स्थानमा सिदार्थ इन्स्योरेन्स रहेको छ । सिदार्थले १ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रो स्थानमा १ अर्ब ४० करोड रुपैयाँको बीमा शुल्क आर्जनले सगरमाथा रहेको छ भने चौथो स्थानमा १ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दै नेको इस्योरेन्स रहेको छ ।

९ वटा कम्पनीले यो वर्ष १ अर्बभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । अघिल्लो वर्ष ६ वटा कम्पनीले १ अर्बभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । यो वर्ष अर्ब बीमा शुल्क कटाएर थपिने कम्पनीमा नेको इस्योरेन्स,लुम्बिनी जनरल र प्रुडेन्सियल इस्योरेन्स रहेका छन् ।

प्रतिशतको आधारमा बीमा शुल्क आर्जनमा बृद्धि गर्ने कम्पनीमा एनबी इन्स्योरेन्स रहेको छ । एनबीले बीमा शुल्क आर्जनमा ९८ प्रतिशतले व्यवसाय बढाएको छ । एनबीले ६९ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

 


क्लिकमान्डु