७.२ प्रतिशतको अर्थिक वृद्धिदर सम्भव छ–अर्थमन्त्री कार्की



काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालु आर्थिक बर्षमा ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सम्भव रहेको बताएका छन् । नेपाल चेम्बर अफ कर्मशको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री कार्कीले ७.२ प्रतिशतको आर्थिक वृद्धि सम्भव रहेको बताएका हुन् ।

गत बर्ष बढेको ६.९ प्रतिशतको आर्थिक वृद्धिदरलाई टेकेर ७.२ प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्ने कार्कीले बताए ।

‘प्रदेश सभाको गठनसँगै स्थानीय तहमा जाने बजेटको व्यवस्थापन भएसँगै गाउँ–गाउँमा विकासको लहर सुरु हुनेछ, राष्ट्रिय गौरवको योजनाहरु निर्माणधिन अवस्थामा छन्,’ कार्कीले भने ।

भूकम्पले ध्वस्त भएका भौतिक संरचनाहरु निर्माण हुने क्रममा रहेको भन्दै मन्त्री कार्कीले लोडसेडिङको अन्त्य तथा औधोगिक क्षेत्रको विस्तारसँगै रोजगारीको अवसर सिजना भएसँगै आर्थिक वृद्धिदर हासिल गर्न संम्भव रहेको दाबी गरे ।

देशमा कृषि क्षेत्र सुधार उन्मुख देखिएकाले उत्पादन बढदो क्रममा रहेको उनले बताए ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी क्षेष्ठले स्वच्छ व्यवसाय र स्वच्छ प्रशासन हुने पर्नेमा जोड दिए ।

व्यपारीहरुले आफ्नो स्वार्थलाई मात्र ध्यान नदिई राष्ट्रियको हित हुने तरिकाले सोच्नु पर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

साथै, व्यापारीको विश्वास जितेर कर तिर्ने वातावरणको सिजना गर्ने तर्फ नियामक निकाय लाग्नु पर्ने उनको भनाइ छ ।


क्लिकमान्डु