प्राइम लाइफले २५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०६९/७० देखि आर्थिक वर्ष २०७२/ ७३ सम्मको मुनाफाबाट एकमुस्ट २५ प्रतिशत बोनस सेयर दिन लागेको हो ।

कम्पनीले १२ करोड लाभांश वितरण गर्न लागेको हो । बोनस सेयर दिएपछि कम्पनीको चुक्ता पुँजी ६० करोड पुग्छ ।

जीवन बीमा कम्पनीले २ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था छ।


क्लिकमान्डु