सस्तोमा अटो गियर कारको खोजिमा हुनुहुन्छ ? यी ४ कार तपाईकाे रोजाइ पर्नसक्छन्



काठमाडौं । एसियाली बजारमा अटो गिएर कारको माग निकै बढिरहेको छ । यस्तोमा नेपाली बजारमा पाइने यस्ता कारहरुको बारेमा जानकारी दिने उद्देश्यले हामीले यो लेख तयार पारेका हौं । यि हुन् नेपाली बजारमा पाईने सस्ता अटो गिएर कारहरु ।

हुण्डाई ग्राण्ड आई १०

यो कार नेपाली बजारमा निकै चलेको कार हो । तर, अटो गिएरमा भने त्यति धेरै बिक्री छैन । ११९७ सिसिको यो कार प्योर अटो गिएर सिस्टम जडान भएको कार हो ।

‘अटो गिएर भन्दा म्यानुयल गिएरको कार बिक्री धेरै छ, यसमा प्योर अटो गिएर जडान भएकाले यो अल्लि महंगो छ ।’ हुण्डाई मोटर्सको आधिकारी वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स् प्रालिका सहायक महाप्रबन्धक रुपेश भट्टले क्लिकमाण्डुलाई भने ।

हुण्डाइको २ भेरिएन्टमा अटो गिएर जडान भएको छ, जसमा म्याग्नाको मुल्य ३० लाख पर्छ भने स्पोर्टको ३४ लाख ५६ हजार पर्छ । यो कारले प्रतिलिटर १८/१९ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

रेनो क्विड

१००० सिसि क्षमताको पेट्रोल इन्जिन जडित यो कार करिब २० लाख रुपैयाँमा नेपाली बजारमा पाइन्छ । ६७ बीएचपी पावर रहेको यो कार ९१ एनएम टर्क उत्पादन गर्छ ।

यो कार निकै इन्धन किफायती भएको कम्पनीको दाबी छ । क्विडले प्रतिलिटर २४ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

यसको नेपालमा आधिकारीक वितरक एड्भान्स अटोमोवाइल रहेको छ ।

मारुती सेलेरियो

यस कारको मुल्य करिब २५ लाखको हाराहारीमा पर्छ । यो कारमा ९९८ सिसिको पेट्रोल इन्जिन जडान भएको छ । यसको पावर ६७ बीएचपी र टर्क ९० एनएम रहेको छ ।

कम्पनीले प्रतिलिटर २३ किलोमिटर माइलेज दिने दाबी गरेको छ । तर, पछिल्लो समय म्यानुयल गिएरकै कारहरुको माग बजारमा रहेको मारुतीको डिलर नारायणी अटोले जानकारी दिएको छ ।

टाटा टियागो

टियागो कारमा समेत अटो गियरको व्यववस्था छ । यो कारमा १२०० सिसि क्षमताको इन्जिन जडान भएको छ । यो सेग्मेन्टमा टियागो निकै पावर फुल रहेको छ । यसले ८४ बीएचपी पावर उत्पादन गर्छ भने टर्क ११४ एनएम रहेको छ ।

कारले प्रतिलिटर २४ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसको नेपाली बजारमा २९ लाखभन्दा बढी पर्ने छ ।


क्लिकमान्डु