यी सेलीब्रेटी, जो आफ्नै प्लेनमा उड्छन्




ट्राफिक जाममा घण्टौं बिताउन जो कसैलाई पनि मन पर्ने कुरा होइन । तर, यदि तपाईं सेलिब्रेटी वा सुपरस्टार हो भने तपाईं अत्यन्तै बिलासी गाडी किन्न सक्नुका साथै आफ्नै जेट वा हेलिकोप्टर पनि किन्ने क्षमता राख्नुहुन्छ ।

नेपालमा भने सानो बजार र थोरै जनसंख्या भएका कारण सेलिब्रटिहरु अझै पनि बिलासी गाडी वा आफ्नै जेट किन्ने हैसियत बनाउन सकेका छैनन् । यद्यपि सामान्य खाले गाडी भने नेपाली सेलिब्रेटिहरुको पनि पहुँचमा हुन थालेको छ, पछिल्लो समयमा ।

सेलिब्रेटिका अलावा अर्बपतिहरु र ठूला ब्यवसायीक घरानाका मालिकहरु, जो आर्थिक रुपमा निजी बिमान वा हेलिकोप्टर किन्ने क्षमता राख्छन्, ले पनि निजी बिमान वा हेलिकोप्टर किनेको सुनिएको छैन ।

यहाँ भने त्यस्ता १० सेलिब्रेटि र अर्बपतिहरु प्रस्तुत गरिएको छ जो आफ्नै प्लेनमा आकाशमा उड्छन् र, तल सडकमा हुने ट्राफिक जाम छल्छन् ।

ओपेरा विन्फ्रि विश्व बिख्यात मिडिया सेलिबे्रटि हुन् । सेलिबे्रटि हुनुका साथै उनी फोब्र्समा सुचीकृत अर्बपति पनि हुन् । उनीसँग झण्डै ३ अर्ब डलर बराबरको सम्पत्ति छ । उनीसँग ‘बोम्बारडियर ग्लोबल एक्सप्रेस जेट’ छ । उनी सँधैं सो जेटलाई आफ्नो सबैभन्दा महत्वपूर्ण सम्पत्ति बताउने गर्छिन् ।

टम क्रुजले ‘टप गन’ भन्ने फिल्मबाट सन् १९९४ मा खुबै ख्याती कमाए । त्यसै बर्ष उनले पाइलटको लाइसेन्स पनि लिए । र, त्यसपछि उनले धेरै प्लेनहरु किनिसकेका छन् । उनको सबैभन्दा चर्चित जेट P–51 मुस्ताङ हो ।

हालका अमेरिकी राष्ट्रपति र कुनै बेलाका चर्चित रियालिटि शोका सञ्चालक डोनाल्ड ट्रम्प फोब्र्समा सुचीकृत अर्बपति पनि भएका कारण उनीसँग निजी जेट हुनु अनौठो कुरा भएन । उनीसँग बोइङ ७२७–२३ का साथै हेलिकोप्टर पनि छ । राष्ट्रपति भएपछि भने उनी ‘एयर फोर्स वान’ नामक सरकारी प्लेनमा सयर गर्छन् । ‘एयर फोर्स वान’ बिश्वकै अत्यन्तै सुबिधा सम्पन्न र सुरक्षित प्लेन मानिन्छ ।

हलिउड सुपरस्टार एनन्जिलिना जोली पनि आफ्नै निजी जेटमा उड्छिन् । १६ करोड डलर कुल सम्पत्ति भएकी एन्जिलिनासँग एसआर २२ नामक जेट छ ।

चर्चित बास्केटबल खेलाडी कोबि ब्रायन्ट हेलिकोप्टरमा उड्छन् । एल ए लेकर्सबाट बास्केटबल खेल्ला लस एन्जलसको सडक ट्राफिकबाट बच्न उनले हेलिकोप्टर किनेका थिए ।

भारतीय अर्बपतिहरु र सेलिब्रेटिहरु पनि निजी प्लेनको सौखिन रहेका छन् । भारतकै सबैभन्दा धनी अर्बपति मुकेश अम्बानी ७ करोड डलरभन्दा बढी पर्ने बोइङ बिजनेश जेट २ चढ्छन् । सो जेटमा एक्काइसौं शताब्दीको प्रबिधि र भब्यता दुवै भएको बताइन्छ ।

मुकेशका भाई अनिल अम्बानी पनि झण्डै ४ करोड डलर पर्ने ‘बोम्बारडियर ग्लोबल एक्सप्रेस एक्सआरएस’ नामको निजी नेटमा उड्छन् ।टाटा ग्रुपका अध्यक्ष रतन टाटा भने २ करोड डलर माथि पर्ने ‘डासल्ट फाल्कन २०००’ नामक जेट चढ्छन् । यो अत्यन्तै आरामदायी जेट रतन टाटा आफैं पनि चलाउँछन् । यो जेट ५१ हजार फिटको उचाइ र ८ सय ५२ किमि प्रति घण्टाको गतिमा उड्न सक्ने बताइएको छ ।
भारतमा अर्बपतिहरु मात्र नभएर बडिउड स्टारहरु पनि निजी बिमानमै उड्छन् । बलिउड स्टारहरु मध्ये सबैभन्दा पहिले आफ्नै जेट एक्सन स्टार भनेर चिनिने अजय देवगनले किनेका हुन् । उनको जेटमा बढिमा ६ जनासम्म यात्रा गर्न मिल्छ । अजय फिल्क सुटिङ, फिल्म प्रमोशन र आफ्ना ब्यक्तिगत कामका लागि पनि जेटको प्रयोग गर्ने गर्छन् ।
बलिउडका अर्का एक्सन र कमेडी स्टार अक्षय कुमारको पनि आफ्नै जेट छ । कुनै समय थाइल्याण्डमा वेटरको काम गर्ने अक्षय अहिले निजी बिमानमा हिंड्ने भएका छन् ।


क्लिकमान्डु