अशोक लेलैण्डको सर्भिस बाईक सेवा सञ्चालनमा



काठमाडौं । नेपालको लागि अशोक लेलैण्डको आधिकारीक विक्रेता आइएमई मोर्टस्ले नेपालमा नै पहिलो पटक सर्भिस बाईकहरु पनि सञ्चालनमा ल्याएको कम्पनीले जानकारी दिएको छ । कुनै पनि स्थानमा अशोक लेलैण्डका गाडीहरुमा समस्या आएमा तुरुन्त सेवादिन सकिने गरि सर्भिस बाईकहरुको सेवा संचालन गरेको हो ।

सर्भिस बाईकको प्रयोग भएसँगै अशोक लेलैण्डको बिक्री पछिको सेवालाई थप राम्रो, छिटो र सरल बनाएको जानकारी कम्पनीले दिएको छ । यसका साथै यसअघि देखि नै सर्भिस भ्यानहरु देशभर सञ्चालनमा रहेका छन् ।

नेपालको पुर्व मेचिदेखि पश्चिम महाकालीसम्म प्रत्येक मुख्य शहर हरुमा अत्याधुनिक सुविधा सम्पन्न वर्कशपहरु खोली दक्ष र तालिम प्राप्त सर्भिस टिम मार्फत अशोक लेलैण्ड गाडीहरुलाई बिक्री पछिको सेवा दिदै आएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु