देउवा सरकारका मन्त्रीले लिए सपथ, कसले कुन मन्त्रालय पाए (सूचिसहित)



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री भएको डेढ महिनापछि सरकार विस्तार गरेका छन् ।

बुधवार प्रधानमन्त्री देउवाले १९ जना मन्त्री थपेका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

देउवा प्रधानमन्त्री भएको अर्को दिन कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमका १, १ जना उपप्रधानसहित ७ जना मन्त्री सहभागी गरेर मन्त्रिपरिषद् गठन गरेका थिए ।

यसअघि नै लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महरा उपप्रधान र परराष्ट्र, काँग्रेसका गोपालमान श्रेष्ठ उपप्रधान र शिक्षा मन्त्रालयको जिम्मेवारीमा  छन् ।

कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ र फर्मुल्लाह मन्सुरले श्रम तथा रोजगार तथा माओवादी केन्द्रका जनार्दन शर्माले गृह र प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी लिइसकेका छन् ।

कांग्रेसले मंगलबार मन्त्रीहरुको नाम टुंगो लगाएको थियो । अन्तिम समयमा पर्वतका अर्जुन जोशीको नाम मन्त्री बन्ने सूचिबाट काटिएको छ । उनको ठाउँमा २ नम्बर प्रदेशबाट महेन्द्र यादव मन्त्री बनेका छन् ।

मन्त्रीले पाएको जिम्मेवारी यस्तो छ

नेपाल कांग्रेसबाट

भीमसेनदास प्रधानः रक्षा
वीरबहादुर बलायर : भौतिक पूर्वाधार तथा यातायात
यज्ञबहादुर थापा : कानुन
मीन विश्वकर्मा : वाणिज्य
मोहन बस्नेत : सूचना तथा सञ्चार
सञ्जय गौतम : सिँचाई
रामकृष्ण यादव: कृषि
राजन केसी : युवा तथा खेलकुद
अम्बिका बस्नेत : सहकारी तथा गरिबी निवारण
महेन्द्र यादव : खानेपानी तथा सरसफाई

माओवादी केन्द्रबाट

गिरिराजमणि पोखरेल : स्वास्थ्य
महेन्द्रबहादुर शाही : ऊर्जा मन्त्री
टेकबहादुर बस्नेत : सामान्य प्रशासन
शिवकुमार मण्डल : आपूर्ति
सन्तकुमार थारु चौधरी : पशुपन्छी विकास
आशा खनाल कोइराला : महिला तथा बालबालिका

नेपाल लोकतान्त्रिक फोरम

जितेन्द्रनारायण देव : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
गोपाल दहित : भूमिसुधार

नेकपा स‌ंयुक्त

मिथिला चौधरी : जनसंख्या तथा वातावरण


क्लिकमान्डु