मेगा बैंकले खोल्यो खलङ्गामा नयाँ शाखा



काठमाडौं । यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको साझेदारीमा मेगा बैङ्क नेपाल लिमिटेडले सल्यानको खलङ्गामा आफ्नो नयाँ शाखा खोलेको छ ।

मेगा बैङ्क सञ्चालक समितिका सदस्य सीएन पाण्डे र सक्षमका टोली उप-प्रमुख निर्मल दाहालले बुधबार शाखाको औपचारिक उद्घाटन गरे । मेगाको यो ४८ औं शाखा हो ।

सल्यान, खलङ्गामा आफ्नो शाखा खोल्ने मेगा दोस्रो निजी क्षेत्रको बाणिज्य बैङ्क भएको छ । यस क्षेत्रमा २०७४ जेष्ठ १६ मा आंशिक सेवाको प्रारम्भ गरेयता ४५० भन्दा बढी बैङ्क खाता खोल्न सफल भइसकेको बिज्ञप्तिमा उल्लेख छ ।

 


क्लिकमान्डु