माओवादीबाट ६ मन्त्रीको टुंगो, को-को परे हेर्नुस्



काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ६ जना मन्त्रीको नाम टुंगो लगाएको छ ।

माओवादी केन्द्र सचिवालयको आज बसेको बैठकले गिरिराजमणि पोखरेल, शिवकुमार मण्डल, टेकबहादुर बस्नेत, आशा कोइराला, सन्तकुमार चौधरी र महेन्द्रबहादुर शाहीलाई सरकारमा पठाउने निर्णय गरेको केन्द्रीय सदस्य अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

राज्यमन्त्रीको बिषयमा बैठकले कुनै निर्णय नगरेको उनले बताए । केन्द्रका तर्फबाट यसअघि जेठ २४ गते ३ जना मन्त्री नियुक्त भइसकेका छन् ।

यसअघि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा गृहमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्रीमा प्रभु साह नियुक्त भएका थिए । रासस


क्लिकमाण्डू