गत वर्ष राजस्व संकलन २६ प्रतिशतले वृद्धि



काठमाडौं । गत आर्थिक वर्षमामा राजस्व संकलन २६ प्रतिशतले बृद्धि भएको छ ।

आर्थिक वर्ष २०७३/ ०७४ असार महिनासम्मको राजस्व संकलनको लक्ष्य २ खर्व ३३ अर्व ६० करोड १५ लाख १७ हजार रहेकोमा २ खर्व ५८ अर्व १७ करोड ४९ लाख ८५ हजार संकलन भएको छ । राजस्व संकलन लक्ष्यको १११ प्रतिशत हासिल भएको छ ।

शिर्षकगत रूपमा हेर्दा आयकर तर्फ १ खर्व ४८ अर्व २३ करोड ६० लाख ८६ हजार, मूल्य अभिवृद्धि कर ६१ अर्व १२ करोड ३ लाख ८५ हजार र अन्तःशुल्क तर्फ ४७ अर्व २१ करोड ५४ लाख २३ हजार संकलन भएको छ ।

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ७३ करोड ९७ लाख २५ हजार र ८६ करोड ३३ लाख ६६ हजार संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९८ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८९ प्रतिशत संकलन भएको छ ।

गत वर्षको तुलनामा आयकर वृद्धिदर २७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २३ प्रतिशत, अन्तशुल्कको वृद्धिदर ३० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २० प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३१ प्रतिशत रहेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७३/७४ को बार्षिक लक्ष्यभन्दा ११ प्रतिशतले बढी राजस्व संकलन गर्न सफल भएको छ ।

आन्तरिक राजस्व विभागमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्कीले काठमाडौं उपत्यकाभित्रका ठूला करदाता कार्यालय, सवै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुहु“दै वितेको आर्थिक वर्षमा चुनौतिपूर्ण लक्ष्य पूरा भएकोमा विभागको महानिर्देशकको तर्फबाट वधाई दिए ।

आन्तरिक राजस्व विभागलाई चालु आर्थिक वर्षका लागि करिव ३ सय अर्व राजस्व संकलन गर्नुपर्ने लक्ष्य तोकिएकोले सो चुनौति पूरा गर्नका लागि आजैबाट सक्रिय भएर लागि पर्न महानिर्देशक कार्कीको निर्देशन थियो ।


क्लिकमान्डु